राष्ट्र बैंकले विद्युतीय कारोबारको लागि राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्ने

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

राष्ट्र बैंकले विद्युतीय कारोबारको लागि राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्ने

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको अभिलेख राख्नका लागि भुक्तानी स्वीच स्थापना गर्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै नेपालभित्र हुने सबै प्रकारका विद्युतीय कारोबार अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्ने घोषणा गरेको हो ।

यसका साथै विद्युतीय भुक्तानीमा क्यूआर कोड मार्फत हुने भुक्तानीलाई व्यवस्थि तगर्न मार्गदर्शन जारी गर्ने तथा भुक्तानी प्रणालीको विकास सम्बन्धी सूचकहरु प्रकाशन गर्ने नीतिमा उल्लेख छ ।

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...