डिशहोमका सुदिप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल स्थापना

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

डिशहोमका सुदिप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल स्थापना
Classic Tech
Nepal Telecom

डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका कम्पनीहरुले छाता संस्था स्थापना गरेका छन् ।

नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा संचालन गरिरहेका कम्पनीहरुले आफ्नो छुट्टै संस्था बनाएका हुन्।

उनीहरुले डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल स्थापना गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।

हाल तदर्थ समिति गठन गरेर कम्पनी दर्ताको प्रकृयामा रहेको भायनेटका सञ्चालक तथा सो संस्थाका सदस्य बिनय बोहराले जानकारी दिए।

यसअघि पहिले केवल टिभी व्यवसायीहरुको मात्र संस्था भएकोमा अब डिजिटल सेवा दिनेहरुले छुट्टै संस्था बनाएका हुन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुदिप आचार्यले सरकारको समन्वयमा नै यसअघि नेपालका विरुद्ध गलत समाचार दिने भारतीय च्यानलहरु बन्द गरिएको जानकारी दिए ।

सो समयमा च्यानल बन्द गर्दा संगठित संस्था नहुँदा समस्या भएको भन्दै उनीहरुले अब नयाँ संस्थामार्फत गतिबिधिहरु अगाडि बढाउने बताए ।

‘हामीले त्यसबेला सरकारी निकायको समन्वयनमा नै केहि च्यानलहरु बन्द गरेका थियौं, र त्यसबेला कसैले बन्द गर्ने तर कसैले नगर्ने हुँदा समस्या देखियो,’ अध्यक्ष आचार्यले भने ।

डिशहोमका प्रबन्ध निर्देशकसमेत रहेका आचार्यले केवल टिभी व्यवसाय फरक भएको र डिजिटल सेवा दिनेहरु आफै्र पनि मल्टि सर्भिस प्रोभाइडर(एमएसओ) पनि भएकाले छुट्टै संस्थाको आवश्यकता भएको  बताए।

सो संस्थामा हाल डिसहोम, भायो टिभी, नेट टिभी, क्लियर टिभी, म्याक्स टिभी, ब्रोड टिभी, प्रभु टिभी लगायत कम्पनीहरु सदस्य छन्।

यसैगरि उनीहरुले आजतक, एबिपि न्यूज, जिन्यूज र इण्डिया टिभीको प्रशारण नेपालभित्र अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

TK Viber

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार

Loading...