राष्ट्र बैंकले रोक्यो भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति दिने कार्य

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

राष्ट्र बैंकले रोक्यो भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति दिने कार्य

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति दिने कार्य रोकेको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति दिन रोकेको घोषणा गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ अनुमति दिने कार्य स्थगित गरिएको घोषणा गरे।

यसअघि अनुमति पाएका संस्थाले पनि २०७८ असार मसान्तसम्म ३ लाख ग्राहक नपुर्‍याए तथा मासिक औषत कारोबार संख्या ६ लाख नभएमा अनुमति खारेज गरिने उनले जानकारी दिए।

easy care

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार