आज विश्वभर वर्ल्ड ईमाेजी दिवस मनाईँदै, तपाईँलाई कस्तो ईमाेजी मनपर्छ शेयर गर्नुस्

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

आज विश्वभर वर्ल्ड ईमाेजी दिवस मनाईँदै, तपाईँलाई कस्तो ईमाेजी मनपर्छ शेयर गर्नुस्
Global IME Bank

काठमाडौं ।

विश्वभर दैनिकरुपमा करोडौं मानिसहरुले एसएमएसमार्फत ईमोजीहरु आदानप्रदान गर्ने गर्दछन् । अचेल मानिसहरु केहि विषय लेख्नुको साटो विभिन्न संकेतहरुको माध्यमबाट भन्ने गर्दछन जसलाई सूचना प्रविधिको क्षेत्रमा ईमोजी भनेर चिनिन्छ ।

आज १७ जुलाई अर्थात विश्व ईमोजी दिवस । आधिकारीकरुपमा यूनिकोड मानक सूचीकाअनुसार अहिलेसम्म २ हजार ६ सय भन्दा बढि ईमोजीहरु बनिसकेका छन् ।

यूनिकोड कन्सोर्टियमले ईमोजीका लागि आधारभूत मापदण्डहरु तयार गर्दछ र ईमोजी कस्तो र के बनाउने भन्ने तय गर्दछ । तर गूगल र एप्पलको लागि आफ्नो निजी ईमोजी बनाउने छुट रहेको छ ।

विश्वमा ईमोजी दिवसको शुरुवात जेरोमी बर्गले गरेका थिए । उनी एक यूनिकोड कमिटीका सदस्य हुन् ।

प्रत्येक वर्ष विश्व ईमोजी दिवसको अवसरमा नयाँ ईमोजीहरु समेत सार्वजनिक गर्ने गरिन्छ । यसका साथै ईमोजी दिवसको भनाई समेत ल्याउने गरिन्छ ।

इमोजिस सीमित छैन यसमा अधिक वस्तुहरू, जनावरहरू, गतिविधिहरू, र अनुहारहरू प्रत्येक वर्ष थपिन्छ केवल यो सुनिश्चित गर्न को लागी कि यदि तपाईंले कहिले केहि भन्नु आवश्यक छ भने, यो इमोजिस मार्फत गर्न सकिन्छ

इमोजी कहिले सुरु भयो

ईमोजीसको प्रयोग सन् १९९० को उत्तरार्धमा शुरू भएको थियो। यी ईमोजीहरू पहिलो पटक आईफोन किबोर्डमा समावेश गरिएको थियो। २०१४ मा ईमोजी दिवस पहिलो पटक विश्वभर मनाइएको थियो।

पहिलो पटक आईफोन किबोर्डमा समावेश गरिएको  दिन जुलाई १७ लाई विश्व ईमोजी दिवसको लागि छनौट गरियो।

हाल जेरेमी बर्ग ईमोजीमा आधारित खोजी ईन्जिन।इमोजीपीडिया चलाउँछन् ।

विभिन्न ठूला कम्पनीहरूले नयाँ ईमोजीहरूमा काम गर्दछन् आफ्ना ग्राहकहरूलाई खुशी पार्न। यसैले इमोजिसमा नयाँ रंग टोन थपियो।

विश्वभर दैनिकरुपमा ७० अर्ब मेसेजहरु आदान प्रदान हुने गर्दछ भने त्यसमा १० अर्ब भन्दा बढि ईमोजी र ७० करोड भन्दा बढि स्टीकरहरु दैनिकरुपमा पठाईने गरिन्छ।

तपाइँ सबैलाई विश्व ईमोजी दिवसको शुभकामना।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार