संस्था बचाउन भन्दै नेपाल टेलिकमका कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनमा

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

संस्था बचाउन भन्दै नेपाल टेलिकमका कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनमा

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का कर्मचारीहरुले संयुक्तरुपमा नै आन्दोलनको घोषणा गर्ने भएको छ ।

सरकारले नेपाल टेलिकमसँग हचुवाको भरमा नवीकरण दस्तुर असुल गरेको भन्दै केहि दिनदेखि धर्नामा रहेका कर्मचारीहरुले आजबाट संयुक्त संघर्ष समिति बनाएर आन्दोलनका घोषणा गर्ने भएका हुन् ।

टेलिकम कर्मचारीहरुका तीनवटै संस्थाहरुले संयुक्त संघर्ष समिति गठन गरेर विभिन्न मागसहित आन्दोलन गर्ने भएका हुन्।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्तरुपमा आन्दोलनका घोषणा गर्ने जानकारी दिए।

उनीहरुले नेपाल टेलिकमका आयोजनाहरु कार्यान्वयमा भईरहेको ढिलाई, राजस्व आम्दानीमा दिनानुदिन आईरहेको गिरावट, हचुवाको भरमा तोकिएको मोबाइल सेवाको अनुमति पत्र नवीकरण दस्तुर भुक्तानीलगायतका विषयहरुसहित बुँदागत माग राख्दै आन्दोलन गर्ने बताएका हुन्।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले आफूहरुले संस्थालाई धरासायी हुनबाट बचाउने गरि आन्दोलनका कार्यक्रमहरु ल्याउन लागेको जानकारी दिए ।

‘संस्थालाई विभिन्न बहानामा धरासायी बनाउन लागिएको छ, हाम्रो आन्दोलन त्यसलाई रोक्ने उद्धेश्य हो । सरकारले स्मार्ट टेलिकमलाई महिनै पिच्छे सुबिधा दिने निर्णय गर्नसक्ने तर सरकारी कम्पनीलाई भने हचुवाको भरमा नवीकरण दस्तुर तिर भन्नु ठिक होईन्,’ उनले भने ।

अध्यक्ष पनेरुले महालेखाले २० अर्ब नै नवीकरण दस्तुर तिर्नुपर्छ भन्नु ठिक नभएको भन्दै संसदिय समितिले नै नीति बनाउन निर्देशन दिईसकेको अवस्थामा सरकारले पनि स्पष्ट नीति बनाउनुपर्ने बताए । यीनै विषयहरुसहित संस्थागत सुधारको मागसहित आन्दोलनमा जाने  उनले स्षष्ट पारे ।

टेलिकमले भने असार अन्तिम सातामा नै सरकारलाई नवीकरण दस्तुर बापत ६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा धर्ना बसेका कर्मचारीहरुको यस्ता छन मागहरु

easy care

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार