नेपाल टेलिकमको एफटीटीएच सेवामा विभिन्न अफर, १२ महिनाको प्याक किनेमा १४ महिनासम्म सेवा

Technology Khabar १ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमको एफटीटीएच सेवामा विभिन्न अफर, १२ महिनाको प्याक किनेमा १४ महिनासम्म सेवा

काठमाडौं ।

नेपाल टेलिकमले एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आजै साउन १ गतेदेखि नै लागु भएका छन् ।

कम्पनीले उल्लेखित सेवाका लागि छुट्टाछुट्टै अफरहरु जारी गरेको छ । जून यस प्रकार छन् ।

फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ ।

क) डाटा प्याक
यस अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन् –

  • २० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ ।
  • ५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ ।

ख) कम्बो प्याक
यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् ।

  • १५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ ।
  • २५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ ।
  • यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ ।

प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ ।

यी प्याकहरु ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर तथा *१४१५# डायल गरेर पनि प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

ताजा समाचार