नेसनल सर्टले सबै सरकारी निकायहरुलाई भन्यो- माइक्रोसफ्ट विण्डोज सर्भर तत्काल अपडेट गर

Technology Khabar १ श्रावण २०७७, बिहीबार

नेसनल सर्टले सबै सरकारी निकायहरुलाई भन्यो- माइक्रोसफ्ट विण्डोज सर्भर तत्काल अपडेट गर

आकस्मिक सहायता समुहले हालै सबै सरकारी निकायहरुलाई माइक्रोसफ्ट विण्डोज सर्भर तत्काल अपडेट गर्न सुझाब दिएको छ ।

सरकारले सूचना प्रविधिमा हुने ह्याकिङ्ग, डाटा चोरीलगायतका घट्नालाई रोक्न र देशभरको सूचना प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन गठन गरेको राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समुह(नेसनल सर्ट)ले सबै सरकारी निकायहरुलाई आफ्नो सर्भरमा रहेको माइक्रोसफ्ट सेक्यूरिटी प्याच अपडेट गर्न सुझाब दिएको हो ।

नेसनल सर्टले असार ३१ मा सूचना जारी गर्दै सबै निकायहरुलाई तत्काल अपडेट गर्न सुझाब दिएको छ ।

जसमा डिएनएस सर्भरमा एसआईजीरेड (SigRed) नामक जोखिम देखिएको बिबरण जानकारीमा आएको भन्दै ‘सो भल्नराबिलिटी सम्बन्धमा तत्कालै माईक्रोसफ्टद्धारा उपलब्ध गराईएको प्याच अपडेट गरी सर्भर सुरक्षा गर्नु अत्यावश्यक देखिएकोले विण्डोज २००३ देखि विण्डोज २०१९ सम्मको डिएनएस सर्भर भएका निकायहरुले तत्कालै एडभाईजरी पालना गरी आफ्नो तथा आफ्नो मातहतका निकायहरुको सर्भर यथाशीघ्र सुरक्षण गर्ने गराउने व्यवस्था गर्नुहुन आदेशानुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।

एडभाईजरीमा यहि जुलाई १४ मा ‘वर्मेबल भल्नराबिलिटी’ पत्ता लागेको र यो विण्डोज डिएनएस सर्भरमा ‘क्रिटिकल रिमोट कोड एक्जक्यूसन भल्नराबिलिटी’ भएको उल्लेख छ । जसमा माइक्रोसफ्ट बाहेकका सर्भर भने प्रभावित नभएको जानकारी दिईएको छ ।

यसलाई कम्पनीले विण्डोज अपडेटमार्फत प्याच दिएको भन्दै सबै निकायलाई स्वचालितरुपमा अपडेट हुने गरि उनीहरुको सिस्टमहरुलाई राख्न भनिएको छ ।

1
TK Viber

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

Loading...