बिटक्वाइन स्क्याममा प्रमुख अमेरिकी ट्विटर एकाउन्ट ह्याक, जेफ बेजोसदेखि बाराक ओबामासम्म

Technology Khabar १ श्रावण २०७७, बिहीबार

बिटक्वाइन स्क्याममा प्रमुख अमेरिकी ट्विटर एकाउन्ट ह्याक, जेफ बेजोसदेखि बाराक ओबामासम्म

काठमाडौं ।

अरबपति एलोन मस्क, जेफ बेजोस र बिल गेट्ससहित कयौं अमेरिकीहरुको ट्विटर एकाउन्ट ह्याक भएको छ ।

अमेरिकाका चर्चित व्यक्तिहरुको ट्विटर एकाउन्ट बिटक्वाईन स्क्यामसँग सम्बन्धित ह्याकरहरुले ह्याक गरेका छन् ।

ती एकाउन्टहरुबाट बिटक्वाइन ह्याकरहरुले बिटक्वाइन चन्दा दिन अनुरोधसहितको लिंक हालेर ट्विट गरेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका प्रतिस्पर्धी जो बिडेन र कलाकार कान्ये वेस्टको आधिकारिक खाताहरूले पनि क्रिप्टोकरन्सीमा चन्दा दिन अनुरोध गरेका थिए।

‘सबैले मलाई फिर्ता दिन आग्रह गरिरहेका छन्,’ गेट्सको खाताबाट गरिएको ट्वीटमा भनिएको छ, ‘तपाइँ १,००० डलर पठाउँनुहुन्छ, म तपाईँलाई २,००० फिर्ता पठाउँछु।’

उता ट्विटरका सिईओ ज्याक डोर्सीले भने यो चुनौतीपूर्ण भएको बताए ।

‘ट्विटरमा हाम्रो लागि कठिन दिन। हामी सबैलाई यो भएकोमा निकै डर लागेको छ,’ बुधबार ढिलो गरेर सीईओ ज्याक डोर्सीले ट्वीट गरे।

ह्याकरहरूले आफ्नो आन्तरिक प्रणालीहरूमा पहुँच पुर्याउँदै प्लेटफर्मका केही शीर्ष आवाजहरू अपहरण गरेको ट्विटरले बताएको छ।

कम्पनीले यस बारेमा अनुसन्धान गरिरहेको र थप मालिसियस गतिबिधिहरु भएको नभएको हेरिरहेको बताएको छ ।कम्पनीले ती एकाउन्टहरु थप सुरक्षित भएको सुनिश्चित गरेपछि मात्र रिस्टोर गर्ने बताएको छ ।

ह्याक गरिएकामा भेरिफाईड भएका एकाउन्टहरु समेत छन् ।

यसमा स्क्यामरहरुले १ लाख डलर भन्दा बढि रकम उठाउन सफल भएका थिए । एजेन्सीका साथ

easy care

प्रकाशित: १ श्रावण २०७७, बिहीबार