टेलिकमको रिचार्ज र भ्वाईस/डाटा प्याक खरिदमा आज मध्यराती समस्या आउन सक्ने

Technology Khabar ३१ असार २०७७, बुधबार

टेलिकमको रिचार्ज र भ्वाईस/डाटा प्याक खरिदमा आज मध्यराती समस्या आउन सक्ने
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको कम्पनीको लोगो। फाइल

नेपाल टेलिकमले असार ३१ गते आज मध्यराती १२ बजेपछि करिब १ घण्टा कम्पनीको रिचार्ज सेवा तथा भ्वाईस डाटा प्याक खरिदमा समस्या हुन सक्ने चेतावनी दिएको छ ।

कम्पनीले बिलिङ्ग सिस्टममा परिमार्जन गरेसँगै सो अवधिमा केहि समस्या आउन सक्ने जानकारी दिएको हो ।

कम्पनीले आर्थिक ऐ २०७७ मा मोबाइल सेवाको स्वामित्व शुल्क सम्न्धी व्यवस्थामा भएको परिवर्तनअनुसार टेलिकमको बिलिङ्ग सिस्टममा परिमार्जन गर्नुपर्ने भएको भन्दै सो अवधिमा समस्या आउन सक्ने बताएको छ ।

प्रकाशित: ३१ असार २०७७, बुधबार

Comments are closed.

Loading...