पेन ड्राइभ, मेमोरी कार्डमार्फत राजस्व छली आरोपमा जेएसएस मोबाइल्स एण्ड सर्भिसेजलाई मुद्धा

Technology Khabar ३१ असार २०७७, बुधबार

पेन ड्राइभ, मेमोरी कार्डमार्फत राजस्व छली आरोपमा जेएसएस मोबाइल्स एण्ड सर्भिसेजलाई मुद्धा

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले ललितपुरको जेएसएस मोबाइल्स एण्ड सर्भिसेज नामक कम्पनीलाई राजस्व छली गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

विभागले सो कम्पनीले विद्युतीय सामग्रीहरु भन्सार छली गरेर आयात गरि नेपालभित्र पनि कर नतिरी कारोबार गरेको पाइएकाले १ अर्ब ३९ करोड विगो दाबी गर्दै आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

सो कम्पनीले पेन ड्राइभ, मेमोरी कार्ड लगायतका अन्य विद्युतीय सामग्री भन्सार छली गरेर नेपाल ल्याउने, यहाँ थोरै सामग्रीको मात्र कारोबार देखाएर छुट्टै खाता बनाएर कर छलेको विभागले आरोप लगाएको छ।

विभागले सो कम्पनीले १ अर्ब १ लाख भन्सार कर , ३२ करोड २४ लाख मूल्यअभिबृद्धि कर र ४ करोड ८५ लाख आयकर छली गरेको अभियोग लगाएको छ।

easy care

प्रकाशित: ३१ असार २०७७, बुधबार