Technology Khabar ३१ असार २०७७, बुधबार
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले आफ्नै ५ जी प्रविधि विकास गरेको घोषणा गरेको छ ।
कम्पनीले विदेशी विक्रेताहरूमा निर्भरता कम गर्न र लागतसँग सम्बन्धित फाइदाहरू ल्याउने भन्दै आफैंले ५जी प्रविधि विकास गरेको दाबी गरेको हो ।
यो विश्वभरका मोबाइल फोन अपरेटरहरूको बीचमा पहिलो भएको समेत बताईएको छ ।
रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले आज आयोजित वार्षिक साधारण सभामा आफ्नै ५जी प्रविधि विकास गरेको र सो प्रयोग गर्न ठिक अवस्थामा रहेको घोषणा गरेका हुन् ।
चेयरम्यान अम्बानीले कार्यक्रममा जियोले मेड इन इंडिया ५ जी सलुशन तैयार गरेको र यसले भारतमा भारतमा वर्ल्ड क्लास ५ जी सेवा उपलब्ध गराउने बताएका छन् । साथमा उनले स्पेक्ट्रमको उपलब्धता भएसँगै यसको परीक्षण शुरु गर्ने बताए ।
सो कम्पनीले यसअघि नै नोकिया र ओरेकलको ४ जी भ्वाइस टेक्नोलोजीलाई यसको आफ्नै घरेलु नेटवर्क (पान-इण्डिया नेटवर्क)बाट प्रतिस्थापित गरिसकेको रिपोर्टहरुमा उल्लेख छ ।
उनले जियोको ५जी सलुसनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत तयार गरिएको बताएका छन् । यो पूर्णरुपमा भारतीय प्रविधि भएको भन्दै आगामी वर्ष संचालनमा ल्याउन सकिने योजना गरेको जानकारी दिए ।
यसका साथै कम्पनीले जियो फाइबरलाई समेत बिस्तार गर्ने भएको छ ।
यो पनि हेर्नुस्-
टेक कम्पनी गूगलले भारतीय टेलिकम जियो प्लेटफर्म्समा ४.५ अर्ब डलर लगानी गर्ने
प्रकाशित: ३१ असार २०७७, बुधबार