एप्पलले कोभिड १९ परीक्षण किटहरू आफ्ना कर्मचारीहरुको घरमा नै पठाउने

Technology Khabar ३१ असार २०७७, बुधबार

एप्पलले कोभिड १९ परीक्षण किटहरू आफ्ना कर्मचारीहरुको घरमा नै पठाउने

काठमाडौं ।

टाढा बसेरै काम गरिरहेका एप्पल कर्मचारीहरूले अब घर नछाडिकन नै कोरोनाभाइरसको लागि परीक्षण गर्न सक्छन्।

टेक जायन्टले कोभिड १९ टेस्ट किटहरू आफ्ना कर्मचारीहरुको घरमा नै पठाउने जानकारी दिएको छ ।

एप्पलले आफ्ना कार्यालयहरू र रिटेल स्टोरहरू खोल्नका लागि सतर्कता अपनाई रहेको छ किनकि कोरोनाभाइरसका केसहरू अमेरिकाका धेरै राज्यहरूमा बढेको छ। कम्पनीले मार्चको सुरूमा १०० भन्दा बढी अमेरिकी स्टोरहरू पुन खोल्यो, तर पछिल्लो महिना ती मध्ये धेरैलाई बन्द गरिएको छ।

यसले धेरै स्टोरहरूमा कर्बसाइड पिकअप मात्र प्रदान गरिरहेको छ र स्टोर भित्र जानुपर्ने आवश्यक कर्मचारीहरू र ग्राहकहरूको लागि तापक्रम जाँच अनिवार्य गरिएको छ ।

कम्पनीले क्यालिफोर्नियाको कुपर्टिनोमा रहेको मुख्यालयमा फर्केका कर्मचारीहरूलाई कोभिड १९ को लागि नोजल स्वाब परीक्षणहरू पनि प्रस्ताव गरेको छ।एजेन्सीका साथ

easy care

प्रकाशित: ३१ असार २०७७, बुधबार