एप्लिकेसनमार्फत आउने एसएमएस बारे सर्तक हुन सिआईबीको अनुरोध, यसरी बन्न सकिन्छ सुरक्षित

Technology Khabar २९ असार २०७७, सोमबार

एप्लिकेसनमार्फत आउने एसएमएस बारे सर्तक हुन सिआईबीको अनुरोध, यसरी बन्न सकिन्छ सुरक्षित
Global IME Bank

काठमाडौं ।

नेपाल प्रहरीले एसएमएसमार्फत पछिल्लो दिनहरुमा आउने गरेको ‘कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा हुनुभएको र पीसीआर परीक्षण गर्न नत्र जरिवाना गर्ने’ भन्ने जस्ता सूचनाहरु झुठो भएको हुँदा सर्तक हुन सबैसँग अनुरोध गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हालै प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो एसएमएसहरु एप्लिकेसनमार्फत मोबाइलमा पठाईने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

त्यस्तो एसएमएस सस्तो हुने र पहुँच मैत्री हुनुका साथसाथै छली गर्ने, धोखाधडी गर्नेलगायतका आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दूरुपयोग गरी पिडितलाई हानी नोक्सानी पुर्याउन सक्ने देखिएको बताएको छ । ब्यूरोले त्यस्ता एसएमएस आएमा कसरी बच्ने भन्ने जानकारी पनि सर्वसाधारणहरुलाई दिएको छ ।

निम्न विषयहरुमा ध्यान दिए आफु अपराधको कारक तथा पीडित दुबै हुने जोखिमबाट अलग रहन सकिने ब्यूरोले उल्लेख गरेको छ ।

– एप्लिकेसन टू पर्सन एसएमएसबाट आउने एसएमएसको मोबाईल प्रयोगकर्ताहरुले सावधानीपूर्वक प्रतिकृया गर्न वा बेवास्ता गर्न वा एसएमएस हटाउन अनुरोध गरेको छ ।

– वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरुले तपाईँलाई कहिले पनि एसएमएस मार्फत तपाईँको व्यक्तिगत बिबरणहरु उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो बिबरण एसएमएस मार्फत नदिनुहोस् ।

– एसएमएस मार्फत प्राप्त भएका लिंकहरुमा क्लिक नगर्नुहोस् ।

– एसएमएस मार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो सावधान हुनुहोस् ।

– स्पूफ(Spoof) एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईँको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

Sajilo Visa

प्रकाशित: २९ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया