गूगलले भारतमा १० अर्ब डलर लगानी गर्ने, डिजिटाईजेसन कोष स्थापनाको घोषणा

Technology Khabar २९ असार २०७७, सोमबार

गूगलले भारतमा १० अर्ब डलर लगानी गर्ने, डिजिटाईजेसन कोष स्थापनाको घोषणा

काठमाडौं ।

गूगलले भारतमा आगामी पाँचदेखि ७ वर्षमा १० अर्ब डलर लगानी गर्न तयारी गरिरहेको घोषणा गरेको छ ।

गूगलका सीईओ सुन्दर पिचाईले आज १० अर्ब डलर राषिको गूगल डिजिटाईजेसन कोष स्थापनाको घोषणा गरेका हुन् । यस मार्फत कम्पनीले भारतमा लगानी गर्नेछ।

सुन्दर पिचाईले भारतको कम्पनीको वार्षिक गुगल फर इण्डिया इभेन्टमा भने कि हामी इक्विटी लगानी, साझेदारी र अपरेशनल, पूर्वाधार र इकोसिस्टम लगानीको संयोजन गरी यो लगानी गर्ने बताए। उनले अझ अगाडि यसले भारतको भविष्य र यसको डिजिटल अर्थव्यवस्थामा हामीलाई ठूलो विश्वास छ भनेर देखाउँउने स्पष्ट पारे।

गूगलको लगानीको फोकस यी क्षेत्रहरूमा विशेष गरी हुनेछन्-

मानिसहरूलाई आफ्नै भाषामा सस्तोमा जानकारीको पहुँच दिने।

नयाँ उत्पादनहरू र सेवाहरू विकसित गर्न जुन भारतको विशेष आवश्यकताहरूसँग गहिरो रूपमा जोडिएको छ।

डिजिटल परिवर्तनको लागि व्यापारीहरुलाई प्रबद्र्धन गर्ने।

स्वास्थ्य, शिक्षा र कृषि जस्ता सामाजिक कामको लागि प्रविधि र एआईको प्रयोग गर्ने

easy care

प्रकाशित: २९ असार २०७७, सोमबार

ताजा समाचार