फोनपेका २ जना ग्राहकहरुलाई एक्सेलट्रिपले लकडाउनपछि पोखरा घुमाउने

Technology Khabar २८ असार २०७७, आईतवार

फोनपेका २ जना ग्राहकहरुलाई एक्सेलट्रिपले लकडाउनपछि पोखरा घुमाउने
Classic Tech

फोनपेको ग्राहकहरुलाई यस विषम परिस्थिमा थप उर्जा थप्नका निम्ति फोनपेले( Fonepay) एक्सेलट्रिप नेपालसँगको(XcelTrip Nepal) सहकार्यमा विशेष अफर ल्याएको छ।

असार २८ गतेदेखि लागु हुने यो योजनामा फोनपेका ग्राहकहरु मध्येमा १० जनाले एक्सेलट्रिप नेपालमार्फत एक रातको निम्ति पोखराको होटेलमा प्रति बिजेता दुईजना निम्ति बस्ने अवसर पाउने छ।

यो सुविधा भाग्यशाली विजेताले लकडाउन सकेपछि उपभोग गर्न सकिने छ।

यो अफर साउन १० गतेसम्म लागु हुने छ। पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका संजाल मार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलँदो एक अनलाइन ट्राभल प्लेटफर्म हो। संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामर्थ्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ। एक्सेलट्रिपमा नेपालको धेरे जसो होटेल र पाँचवटा वायुसेवा पनि आबद्ध भइसकेको जानकारी दिएको छ।

भाग्यशाली विजेता हुनका निम्ति फोनपेको ग्राहकहरुले तोकिएका सर्तहरु पुरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २८ असार २०७७, आईतवार

Comments are closed.

Loading...