नबिल बैंक ३६ औँ वर्षमा प्रवेश, युवा पुस्तालाई आकर्षित गर्न नबिल डिजी बैंक स्थापना

Technology Khabar २८ असार २०७७, आईतवार

नबिल बैंक ३६ औँ वर्षमा प्रवेश, युवा पुस्तालाई आकर्षित गर्न नबिल डिजी बैंक स्थापना
Classic Tech

नबिल बैंकले आफ्नो ३६ औँ वर्षमा प्रवेशको अवसरमा डिजी बैंक (डिजिटल बैंकिङ)को स्थापना गरको छ ।

बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

बैंकिङ क्षेत्रको पायोनियर नबिललाई अझै १५ वर्ष पायोनिर बैंकमै जोगाइराख्न डिजी बैंकको स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

उनले भने, ‘आजसम्म जेजे गर्यौ त्यसले नै पायोनियर भूमिका खेलेको छ । अझै १०/१५ वर्षसम्म पनि पायोनिर रोल खेल्नुछ । यसैले डिजी बैंकलाई स्थापित गर्नुछ ।’

आउँदो पुस्तालाई आकर्षित गर्न डिजिटल बैंकिङ सुरु गरिएको सिईओ शाहले बताए । शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।

रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ्ग क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइसीआसीआइ बैंक तथा हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको बताए ।

सिइओ शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे।

साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ्ग पद्धतिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिनटेकलगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ्ग तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे।

नबिल डिजी बैंक प्रमुख बिनय कुमार रेग्मीले बाँकी रहेको ३५ प्रतिशताई बकैंको दायरामा ल्याउन आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै हुवावे टेक्नलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । हुवावेले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे।

नबिल डिजी बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आर्थिक सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारे ।

सोही कार्यक्रममा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा
नबिल बैंकलाई शुभकामना दिए र अब ग्राहकले महसूस गर्ने गरि बैंकिङ्ग सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरिन् ।

त्यसैगरि युवा कलाकार अनमोल केसीले बैंकिङ्ग सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

TK Viber

प्रकाशित: २८ असार २०७७, आईतवार

Loading...