Technology Khabar २७ असार २०७७, शनिबार
काठमाडौं ।
भिडियो शेयरिङ्ग एप टिकटकले हङकङ बजार छोड्ने घोषणापछि अब यो एप यो अब गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन।
कम्पनीले हालसालै चीनले लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई उद्धृत गर्दै हङकङको बजारलाई छोड्ने घोषणा गगरेको थियो ।
पछिल्ला केही समय टिकटकको लागि राम्रो देखिएको छैन। यस अघि सो एपलाई भारतमा प्रतिबन्ध लगाइएको थियोर त्यसपछि भारतमा गूगल प्ले स्टोर र एप स्टोरबाट पनि हटाइएको थियो।
ब्लूमबर्ग रिपोर्टका अनुसार हङकङको एप स्टोर र प्ले स्टोरबाट एप हटाए पछि यसअघि डाउनलोड गरेका प्रयोगकर्ताहरू जसले आफ्नो स्मार्टफोनमा एप प्रयोग गरिरहेका छन्। तिनीहरूको एप खोल्ने बित्तिकै नयाँ मेसेज देखिन्छ ।
सो मेसेजमा- ‘टिकटकमा समय बिताउनु भएकोमा र हामीलाई तपाईंको जीवनमा अलिकति खुशी ल्याउने अवसर दिनुभएकोमा त्यसको लागि धन्यबाद। हामी हङकङमा टिकटक अपरेटिङ्ग गर्न बन्द गरेको जानकारी दिनुपर्दा दुखी भएका छौं ।’ भन्ने उल्लेख गरिएको छ।
हङकङमा टिकटकका करीब १.५ लाख हाराहारी सक्रिय प्रयोगकर्ताहरू थिए।
केवल टिकटक मात्र नभई गूगल, माइक्रोसफ्ट, जूम, फेसबुक, ट्वीटर लगायत धेरै अमेरिकी कम्पनीहरूले हङकङ अधिकारीहरूलाई प्रयोगकर्ताहरूको डाटा सम्बन्धित जानकारी उपलब्ध गराउन अस्थायी रूपमा रोक्ने बताएका थिए । एजेन्सीका साथ
प्रकाशित: २७ असार २०७७, शनिबार