चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो किरिन चिपसेटको लागि नयाँ लोगो राख्ने

Technology Khabar २७ असार २०७७, शनिबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो किरिन चिपसेटको लागि नयाँ लोगो राख्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो चिपसेटको लागि नयाँ लोगो राख्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो किरिन चिपसेटहरुको लागि प्रयोग हुने लोगोको ट्रेडमार्कको लागि आवेदन दिएको छ । नयाँ लोगो हेर्दा बच्चा ड्रागन जस्तै देखिन्छ जसले हर्सशु लगाएको अर्थात खुट्टामा घोडाको टाप जस्तो रहेको देखिन्छ ।

यस्तो ड्रागन हामी परम्परागतरुपमा चिनियाँ तस्विरहरुमा देख्ने गर्दछौं तर यसमा भने खुट्टा र पँखेटापनि राखिएको छ ।

हालै ह्वावेको नयाँ चिपसेटको लोगो चिनियाँ सोशल मिडिया वेबोमा एक प्रयोगकर्ताले राखेका हुन जसमा उनले ह्वावेको नयाँ लोगो भएको दाबी गरेका छन् ।

वेबो एकाउन्टको जानकारीअनुसार ह्वावेले नयाँ लोगोको लागि ट्रेडमार्कको आवेदन दिएको छ र यो अनुमति पाएसँगै प्रयोगमा आउनेछ ।

देखाईएको स्क्रीनसटकाअनुसार ह्वावेले किरिन चिप ट्रेडमार्क लोगोको लागि आवेदन दिएको छ र नयाँ किरिन चिपसेटहरुमा अनुमति पाएसँगै छापिएर आउनेछ । यो लोगो हेर्दा खुशीमा रमाईरहेको ड्रागन भएको रिपोर्टमा उल्लेख छ ।

ह्वावेको किरिन चिपसेटहरु उच्च कार्यसम्पादन गर्न सक्षम किसिमका रहेका छन र कम्पनीले आफ्ना डिभाइसहरुमा प्रयोग गरिरहेको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: २७ असार २०७७, शनिबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार