क्वालकमको स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर सार्वजनिक, यी दुई स्मार्टफोनमा सबैभन्दा पहिले प्रयोग

Technology Khabar २७ असार २०७७, शनिबार

क्वालकमको स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर सार्वजनिक, यी दुई स्मार्टफोनमा सबैभन्दा पहिले प्रयोग

काठमाडौं ।

चिपसेट निर्माता क्वालकमले आफ्नो भर्खरको स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर सार्वजनिक गरेको छ। यो नयाँ प्रोसेसर ३ गीगाहर्जको अधिकतम गतिको साथ, अहिलेसम्मकै सबभन्दा द्रुत प्रोसेसर हो। यो ५जी चिपसेट हो।

स्न्यापड्रागन ८६५ प्लस(Snapdragon 865 Plus)सँग फास्टकनेक्ट ६९०० मार्फत वायरलेस कनेक्सनको सुविधा हुनेछ।

यो मात्र होईन, सबैभन्दा ठूलो अपग्रेड वाइफाइमा भेटिने छ। यसमा वाइफाइ ६ई र ब्लुटुथ ५.२ उपलब्ध हुनेछ।

यस बाहेक डिस्प्लेको लागि यसको रिफ्रेश रेट १४४ हर्ट्ज हुनेछ। यसमार्फत तपाईंलाई ८के भिडियोहरू रेकर्ड गर्न सक्ने सुविधा प्राप्त हुनेछ। यसका अतिरिक्त क्विक चार्ज ४ प्लस पनि सपोर्ट हुनेछ ।

गेमिङ्गको अनुभव उत्कृष्ट बनाउका लागि स्न्यापड्रागन ८६५ प्लस निकै सहयोग हुनसक्नेछ । यसले स्मार्टफोनको परफरमेन्स थप स्मूथ बनाउन सहयोग गर्नेछ ।

स्न्यापड्रागन ८६५ प्लसमा ग्राफिक्सको लागि एड्रेनो ६५० जीपीयू दिईएको छ जसको स्पीड यसभन्दा अगाडिको तुलनामा १० गुणा अधिक छ ।

यी फोनहरुमा सबैभन्दा पहिले प्रयोग हुने

क्वालकमको नयाँ प्रोसेसरका साथमा सबैभन्दा पहिलो कुन स्मार्टफोनहरु आउँछन भन्ने चर्चा हुनु स्वभाविक हो ।

कम्पनीकाअनुसार स्न्यापड्रागन ८६५ प्लसमा लेनोभो र असुसको दुई डिभाइसहरु सबैभन्दा पहिले आउनेछन् ।

असुसको रोग फोन ३ यहि जुलाई २२ मा लन्च हुँदैछ भने लेनोभोको लेजियन गेमिङ्ग फोनमा यो प्रोसेसर प्रयोग हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: २७ असार २०७७, शनिबार