विश्वभर आईफोनमा भएका हजारौं एप्स ‘डाउन’, समस्याको एउटै कारण- फेसबुक !

Technology Khabar २६ असार २०७७, शुक्रबार

विश्वभर आईफोनमा भएका हजारौं एप्स ‘डाउन’, समस्याको एउटै कारण- फेसबुक !

विश्वभरका आईफोन तथा एप्पलका डिभाइस प्रयोगकर्ताहरुले एपमा समस्या भोगेका छन् । हालै आईओएस एप्सहरु क्र्याश हुने समस्या देखिएपछि विश्वभर प्रयोगकर्ताहरुलाई तनाब भएको हो ।

हजारौं एप्समा समस्या आउनुको एउटै कारण थियो फेसबुक ।

विश्वभर स्पोटीफाई, भाइबर,पिनरेस्ट, टिन्डरलगायतका आईओएस एप्स डाउन भएका थिए र यी सबैले प्रारम्भिक विश्लेषण गर्दै फेसबुकलाई समस्या हुनुमा दोष दिएका छन् ।

आज केहि घण्टा अघि एप्पल डिभाइस प्रयोगकर्ताहरुले यस्तो समस्या भोगेका थिए ।

यसरी संसारभए एकैपटक डिभाइसमा भएका एप्समा समस्या आउँदा मानिसहरु समस्या परे भने ती एप्स कम्पनीका अधिकारीहरुले भने फेसबुकका कारण समस्या आएको बताएका छन् ।

कतिपय अवस्थामा डिभाइस अफलाइनमा भएको बेलामा ती एप्स खुलेपनि अनलाइन हुँदा भने समस्या नै भएको थियो ।

सामाजिक संजालमा आएका जानकारीहरुले पनि फेसबुकको एसडिके का कारण अन्य एप्समा समस्या देखिएको बताएका छन् ।

अहिलेसम्म समस्या के हो भन्ने पहिचान नभएपनि प्रारभ्मिक रिपोर्टहरुले भने फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटले समस्या आएको देखिएको छ ।

यो किट धेरै एप्सले लगइन गर्नका लागि प्रयोग गर्ने गर्दछन् । जसले गर्दा फेसबुकमा समस्या देखिने बित्तिकै अन्य एप्समा पनि समस्या आउँछ । आजै बिहान मात्रै फेसबुकले आफ्नो डेभलपर फोरममा आफ्नो सफ्टवेयरमा समस्याहरु आईरहेको जानकारी दिएको थियो ।

तर यस्तो समस्या एन्ड्रोइड फोनहरुमा भने आएको छैन् ।

यो समस्या छिटै समाधान हुने अपेक्षा गरिएको छ । एजेन्सीका साथ

यो पनि हेर्नुस्-

मेसेजिङ्ग एप भाइबरको आईफोन एप विश्वभर डाउन, प्राविधिक समस्या देखियो

प्रकाशित: २६ असार २०७७, शुक्रबार

Comments are closed.

Loading...