मेसेजिङ्ग एप भाइबरको आईफोन एप विश्वभर डाउन, प्राविधिक समस्या देखियो

  • Technology Khabar | २६ असार २०७७, शुक्रबार
मेसेजिङ्ग एप भाइबरको आईफोन एप विश्वभर डाउन, प्राविधिक समस्या देखियो

काठमाडौं ।

मेसेजिङ्ग एप भाइबर डाउन भएको छ । हालै प्राविधिक समस्या देखिएपछि विश्वभर भाइबरको एप्पलको आईओएस एप डाउन भएको हो ।

यसको असर नेपाली प्रयोगकर्ताहरुलाई समेत परेको छ । कम्पनीले हालै आफ्नो ट्विटर एकाउन्टबाट विश्वभर भाइबर डाउन भएको भन्दै हाल एप नहटाउन वा पुन इन्स्टल गर्ने कार्य नगर्न भनेको छ ।

कम्पनीले छिटै समस्या समाधान गर्ने बताएको छ ।

प्रकाशित: २६ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...