टिकटकमा नियम मिचेका ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट

Technology Khabar २६ असार २०७७, शुक्रबार

टिकटकमा नियम मिचेका ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट

काठमाडौं ।

टिकटकले हालै ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट गरेको बताएको छ । कम्पनीले सन् २०१९ को जुलाई र डिसेम्बर २०१९ को बीचमा यसको नियमहरू तोडेका भिडियोहरुलाई हटाएको बताएको हो ।

ती भिडियोहरूमध्ये करिब एक चौथाई भिडियो कन्टेन्टहरुमा वयस्क नग्नता वा यौन गतिविधि समावेश गरेको कारण मेटाइएको थियो, कम्पनीले आफ्नो पारदर्शिता रिपोर्टमा भनेको छ ।

भिडिय साझेदारी एपले सरकार र पुलिसबाट डाटाको लागि करीव ५०० अनुरोध प्राप्त गरेको समेत खुलासा गरेको छ, र ती मध्ये ४५० वटा अनुरोधलाई पालन गरेको थियो।

अमेरिकाले हालै चिनियाँ स्वामित्वको यस एपललाई प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएको थियो ।

अमेरिकाका विदेश सचिव माइकल पोम्पियोले टिकटक डाउनलोड गर्नुभनेको नागरिकहरुको व्यक्तिगत जानकारी चिनियाँ सरकारको हातमा जानु रहेको सुझाब दिएका थिए ।

यसअघि नै छिमेकी मुलुक भारतमा टिकटकसहित ५९ वटा एपमा प्रतिबन्ध लगाईसकिएको छ ।

टिकटकलाई चिनियाँ कम्पनी बाईटडान्सको स्वामित्वमा संचालन गरिरहेको छ तर टिकटक चीनमा भने उपलब्ध छैन् । यसको जस्तै एप बाईटडान्सले डोईन चीनमा प्रयोगमा रहेकोछ ।

टिकटकले भने हालसम्म चिनियाँ सरकारले यस्तो जानकारी नमागेको र आफूले समेत नदिएको दाबी गरेको छ ।

अमेरिकी सरकारले टिकटकले १३ वर्ष मुनीका बालबालिकाहरुको गोपनियता पालना गरे नगरेको बारेमा अनुसन्धान गरिरहेको छ । एजेन्सीका साथ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ असार २०७७, शुक्रबार

ताजा समाचार