अवैधरुपमा मोबाइल व्यापार गरि राजश्व छली आरोपमा मयुर मालाकार र निकेश शाक्य विरुद्ध मुद्धा

Technology Khabar २५ असार २०७७, बिहीबार

अवैधरुपमा मोबाइल व्यापार गरि राजश्व छली आरोपमा मयुर मालाकार र निकेश शाक्य विरुद्ध मुद्धा

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले अवैधरुपमा मोबाइलको व्यापार गरि राजश्व छलेको आरोपमा मयुर मालाकार विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले अवैधरुपमा मोबाइलको व्यापार गरि राजश्व छल्ने व्यक्तिसहित विभिन्न फर्महरु विरुद्ध विगो तथा सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागले दायर गरेको मुद्धामध्ये सबैभन्दा ठूलो अंकको बिगो कायमसहित अवैध मोबाइलको व्यापार गरी राजश्व छली गरेको आरोपमा काठमाडौं बसोबास गर्ने मयुर मालाकार विरुद्ध मुद्दा दायर गरेको छ।

मालाकार र उनका सहयोगी निकेश शाक्य विरुद्ध ४३ करोड १८ लाख ९५ हजार विगो कायम गर्दै जरिबाना तथा सजायाको माग गर्दै विभागले मुद्दा दायर गरेको छ।

विभागको अध्ययनअनुसार मालाकारले २०६६ सालदेखि भन्सार चोरी गर्दै मोबाइलको अवैध कारोबार गरेको पाइएको छ। मालाकारले लामो समयदेखि भन्सार छली गर्दै मोबाइल विदेशबाट ल्याएर कारोबार गरेको पाइएको विभागले जानकारी दिएको छ। भन्सारदेखि कर कार्यालयसमेत कतै पनि दर्ता नभइ कुनै पनि कम्पनी दर्ता नगरी व्यक्तीगत खाताबाटै मालाकारले कारोबार गरेको पाइएको हो।

यसका साथै विभागले अन्य फर्महरुका विरुद्ध पनि राजश्व छलेको भन्दै मुद्धा दायर गरेको छ ।

easy care

प्रकाशित: २५ असार २०७७, बिहीबार