चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

Technology Khabar २५ असार २०७७, बिहीबार

चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ ।

टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो ।

यसअघि प्राधिकरणले गत जनवरी ३१ तारिखमा पाँच जिल्लाहरुका लागि ब्रोडब्याण्ड कनेक्सन निर्माण गर्न ईच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो ।

सो टेण्डर आवेदनअनुसार चितवन, नवलपरासी, नवलपुर, रुपन्देही र कपिलबस्तु जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क निर्माण गर्नुपर्नेछ भने इन्टरनेटको पहुँच तोकिएका जिल्लाहरुमा पुर्याउनुपर्नेछ ।

सो नेटवर्क निर्माणको लागि अप्टिकल फाइबर वा माइक्रोवेभ टेक्नोलोजीको प्रयोग गर्न सकिनेछ ।

टेण्डर अवार्ड पाएको सुबिसु केबलनेट प्रालिले आगामी १२ महिनाभित्र सो जिल्लाहरुमा नेटवर्क निर्माण गरिसक्नुपर्नेछ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले प्रकृयागत कारणले टेण्डर अवार्ड गर्न ढिलाई भएको बताए ।

सुबिसुले पाएको सो टेण्डर अवार्डअनुसार कम्पनीले ७८ करोड ४१ लाख ६० हजार रुपैयाँमा ५ जिल्लामा ब्रोडब्याण्ड बिस्तार गर्नेछ ।

easy care

प्रकाशित: २५ असार २०७७, बिहीबार

ताजा समाचार