नयाँ भिडियो इनकोडिङ्ग प्रविधिको घोषणा, ४के र ८के भिडियोको डाटा प्रयोग आधा घटाउने

Technology Khabar २४ असार २०७७, बुधबार

नयाँ भिडियो इनकोडिङ्ग प्रविधिको घोषणा, ४के र ८के भिडियोको डाटा प्रयोग आधा घटाउने
NTC_Advt

भिडियोहरुमा प्रयोग हुने डाटालाई कम्तिमा आधा कटौती गर्ने प्रतिबद्धतासहितको एउटा नयाँ भिडियो इनकोडिङ्ग टेक्नोलोजीको घोषणा गरिएको छ ।

यो प्रविधि टेक उद्योगका ठूला खेलाडीहरू समावेश भएको तीन वर्षको छलफल र वार्तापछि सफल भएको हो ।

नयाँ स्ट्याण्डर्डले बफरिंगको लागि पज नगरीकन नै सुस्त कनेक्शनको भएका मानिसहरुलाई समेत पहिलेको भन्दा उच्च गुणस्तरमा फुटेज स्ट्रिम गर्न सम्भव बनाउनेछ।

यसले अन-डिमाण्ड सेवाहरूको लागि ८ के कन्टेन्ट प्रदान गर्न मार्ग प्रशस्त पनि गर्न सक्दछ।

तर एक विशेषज्ञले भने यो प्राप्त गर्न वर्षौं लाग्न सक्दछ ।

जर्मनीको फ्रुनहोफर हेनरिक हर्ट्ज इन्स्टिच्यूटले कोडेक (जसलाई एच.२६६(H.266) र बहुउपयोगी भिडियो कोडिंग(Versatile Video Coding (VVC)) दुबै पनि भनिन्छ) को घोषणा गरेको छ ।

संस्थाले एप्पल, माइक्रोसफ्ट, क्वालकम, एरिक्सन, इन्टेल र ह्वावेले यसको विकासमा काम गरिसकेको बताएको छ ।

यो आशा गरिएको छ कि समय क्रममा, स्मार्टफोनहरू र अन्य क्यामराहरूले स्वचालित रूपमा रेकर्ड गर्न र सो फर्म्याटमा पछि प्ले गर्न सक्षम हुनेछ। जेभएपनि, उनीहरूले त्यसो गर्नु अघि नयाँ चिप्स विकसित गर्न आवश्यक हुनेछ।

यहि बीचमा सम्भव बनाइएको अतिरिक्त कम्प्रेसनको फाइदा लिनका लागि रेकर्डिहरूलाई पुनः ईन्कोड गर्न आवश्यक हुनेछ। यसका साथै प्लेब्याकलाई सायद तिब्र किसिमको प्रोसेसरको आवश्यक पर्दछ किनकि आजको हार्डवेयरहरु कोडेकलाई ध्यानमा राखेर डिजाइन गरिएको थिएन।

अहिलेको कोडिङ्ग मापदण्ड एच.२६५ मा प्रति सेकेण्ड हुने डाटा स्थानान्तरणलाई नयाँ एच.२६६ कोडेकले आधा बिटरेटमा झार्नेगरि डिजाइन गरिएको छ।

एच.२६५ कोडेकले पनि व्यापक मात्रामा अहिले पनि प्रयोग हुने एच.२६४ मा आवश्यक पर्ने भन्दा आधा बिटरेट मात्र प्रयोग गर्दछ ।

‘एच.२६५ लाई ९० मिनेटको अल्ट्रा हाई-डेफिनिशन ४ के भिडियो प्रसारित गर्न करीव १० गीगाबाइट डाटा आवश्यक पर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ टेक्नोलोजीको साथ, उही स्तर प्राप्त गर्न ५ जीबी मात्र आवश्यक पर्दछ ।’ बीबीसीका साथ

TK Viber

प्रकाशित: २४ असार २०७७, बुधबार

Loading...