अनरको नयाँ बजेट स्मार्टफोन अनर ८ए प्रो बजारमा, मूल्य १५ हजार ७ सय रुपैयाँ

Technology Khabar २४ असार २०७७, बुधबार

अनरको नयाँ बजेट स्मार्टफोन अनर ८ए प्रो बजारमा, मूल्य १५ हजार ७ सय रुपैयाँ

स्मार्टफोन ब्राण्ड अनरले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘अनर ८ए प्रो’ (Honor 8A Pro)सार्वजनिक गरेको छ ।

यसलाई नेपालमा क्रातोस टेक्नोलोजीजले भित्र्याएको हो ।

फोनमा फुलभ्यू डिस्प्ले वाटरड्रप नोच डिजाइनमा ६.०९ इञ्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ । डिस्प्लेको रिजोल्यूशन एचडी प्लस रहेको छ ।

फोनमा मिडियाटेक एमटी ६७६५ हेलियो पी ३५ अक्टाकोर प्रोसेसर रहेको छ । एन्ड्रोइड पाईमा आधारित स्मार्टफोनमा ३ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ । जसलाई बढाएर ५१२ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिनेछ।

फोनको पछाडिको भागमा १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएको छ ।

सुरक्षाका लागि फोनमा थ्रीडी फेस अनलक र फ्रिंगरप्रिन्ट सेन्सर रहेको छ।

फोनमा आई कम्फर्ट, पावर सेभिङ मोड, रेडियो र टर्च लगायतका फीचरहरु समावेश छन् ।

फोनमा पावरका लागि ३,०२० एमएएच क्षमताको ब्याट्री ब्याकअप रहेको छ । कालो र निलो गरी दुई कलर भेरियन्टमा नेपाली बजारमा भित्रिएको यो फोनको मूल्य १५ हजार ६ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ असार २०७७, बुधबार

Comments are closed.

Loading...