नयाँ आविश्कारहरुका साथ भिभोले ल्यायो भिभो वाई३० बजेट स्मार्टफोन नेपालमा

Technology Khabar २४ असार २०७७, बुधबार

नयाँ आविश्कारहरुका साथ भिभोले ल्यायो भिभो वाई३० बजेट स्मार्टफोन नेपालमा

काठमाडौं ।

भिभो नेपालले बजारमा आफ्नो नयाँ फोन वाई ३० सार्वजनिक गरेको छ । कम्पनीले बजेट सेगमेन्टमा नयाँ फोन नेपाली बजारमा ल्याएको हो ।

यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ।

भिभो वाई ३० मा पञ्च होल डिजाइन डिस्प्ले रहेको छ। एसकाे माथिल्लो दाहिने कुनामा क्यामराको लागि पञ्च होल राखिएको छ । ६.४७ इञ्चको आईभ्यू डिस्प्ले रहेको यो फोनमा १५६०x७२० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ ।

यो फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप रहेको छ । फोनमा मुख्य क्यामरा क्वाड क्यामरा सेटअपमा रहेको छ। जसमा १३ मेगापिक्सेल, ८ मेगापिक्सेल र २/२ मेगापिक्सेलका क्यामरा रहेका छन् ।

यी चारवटै क्यामरामा एआई सपोर्ट रहेको कम्पनीको भनाई छ । यस्तै यसको अगाडि भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । यो फोनमा सेक्युरिटीका लागि रियर फिंगरप्रिन्ट र फेस रिकग्निसन रहेको छ ।

यसको मूल्यतर्फ ४ जीबी र्याम प्लस ६४ जीबी स्टोरेजको फोनको बजार मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २४ असार २०७७, बुधबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार