वनप्लसको नयाँ बजेट स्मार्टफोन वनप्लस नोर्ड यहि जुलाई २१ मा लन्च हुने

Technology Khabar २४ असार २०७७, बुधबार

वनप्लसको नयाँ बजेट स्मार्टफोन वनप्लस नोर्ड यहि जुलाई २१ मा लन्च हुने

काठमाडौं ।

वनप्लसको नयाँ बजेट स्मार्टफोन वनप्लस नोर्ड आधिकारिक रूपमा भारतीय बजारबाट लन्च गर्नेछ ।

कम्पनीले यहि २१ जुलाईमा नयाँ स्मार्टफोन लन्च गर्नेछ। कम्पनीले यसअघि नै फोनको प्रिअर्डर जानकारी पनि दिएको छ।

कम्पनीले यो फोनलाई एक मिडरेन्जको डिभाइसको रूपमा र वनप्लस नोर्ड एआर एपको सहयोगमा लन्च गर्नेछ। प्रयोगकर्ताहरूले यो एप पनि डाउनलोड गर्न सक्दछन्।

खरिदकर्ताले यस फोनलाई भारतमा १५ जुलाईदेखि अमेजन इण्डियामा प्रिअर्डर गर्न सक्नुहुन्छ। तर यसको लागि प्रयोगकर्ताहरूले ४९९ भारु तिर्नु पर्नेछ।

तर यदि प्रयोगकर्ताहरूले प्रि-अर्डर गरे भने उनीहरूलाई एक सरप्राइज बक्स दिइनेछ जसमा वनप्लसको गिफ्टहरू हुने कम्पनीले बताएको छ।

फोन खरीद गर्दा, प्रयोगकर्ताहरूलाई दोस्रो गिफ्ट पनि दिइनेछ। एक वनप्लस वायरलेस भी १ र फोन कभर उपहारमा उपलब्ध हुनेछ। यसका लागि प्रयोगकर्ताले फोन ३१ भन्दा पहिले किन्नुपर्नेछ।

यो ५जी फोन हो कम्पनीले भारतमा यसको मूल्य २५ हजार भारु मूल्य तोक्न सक्दछ। नोर्डको डिजाइन स्लीक र कडा हुनेछ। यसमा क्वालकम स्न्यापड्रागन ७६५ फाइभजी हुनेछ।

यसअघि लीक भएको जानकारीअनुसार स्मार्टफोनमा ६.५५ ईञ्चको एमोलेड डिस्प्ले ९० हर्ट्ज रिफ्रेस रेटको साथ हुनेछ। फोनमा ४,००० एमएएच ब्याट्री ३० वाट फास्ट चार्जिंग सपोर्टको साथ प्रदान गरिनेछ।

सुरक्षाको लागि इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर दिईनेछ। उपकरणले एन्ड्रोइड १० मा आधारित अक्सीजन ओएसमा काम गर्दछ। नयाँ वनप्लस ह्यान्डसेट क्वाड क्यामरा सेटअप तथा डुअल सेल्फी क्यामराको साथ आउनेछ।

डिभाइसमा ४८ मेगापिक्सेलको मुख्य सेन्सरका साथ ८ मेगापिक्सेल, ५ मेगापिक्सेल र २ मेगापिक्सेल सेन्सर हुनेछ भने सेल्फीका लागि ८ मेगापिक्सेल र ३२ मेगापिक्सेल क्यामरा हुनसक्नेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २४ असार २०७७, बुधबार