Technology Khabar २३ असार २०७७, मंगलवार
ठूला फाईलहरू वा फिल्महरू शेयर गर्न हामी अहिलेसम्म शेयरईट एप प्रयोग गर्दै आएका छौं। शेयरईट सबैभन्दा धेरै प्रयोग हुने एप्समा पनि पर्दछ ।
यहि विषयलाई ध्यानमा राखेर गूगलले नयाँ फिचर ‘नियरबाई शेयर’को परीक्षण गर्दैछ, जसको माध्यमबाट ठूला फाईलहरू केहि सेकेन्डमा साझेदारी गर्न सकिन्छ।
गूगलले आफैंमा यसबारेमा जानकारी दिँदै नियरबाई शेयर(NearBy Share) फीचर छिट्टै सुरू गर्न सकिने उल्लेख गरेको छ। भनिन्छ कि यसले एप्पलको एयरड्रोप विकल्पको रूपमा काम गर्दछ।
एप्पलमा एयरड्रोपमार्फत नजिकको उपकरणमा एप्पलदेखि एप्पलमा ठूलो फाइल पनि सजिलैसँग सेयर गर्न सकिन्छ ।
गूगलले एन्ड्रोइड प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै एक नयाँ फीचर सिर्जना गरेको हो, जसको सहायताले एन्ड्रोइड प्रयोगकर्ताहरू बिच सजिलैसँग एक उपकरणबाट अर्को उपकरणमा डाटाहरु हस्तान्तरण गर्न सक्षम हुनेछन्। यसको लागि तिनीहरूले धेरै कम समय लिनेछन्।
नयाँ फीचर एन्ड्रोइडमा ओएस एन्ड्रोइड ६ र त्यसभन्दा पछाडिका सबै उपकरणहरु लाई दिइने बताईएको छ।
फोटो र भिडियो मात्र नभई लिंकहरू पनि यो सुविधाको सहयोगमा सेकेन्डमै साझेदारी गर्न सकिन्छ।
हाल यो बीटा भर्सनमा परीक्षणको क्रममा रहेकोछ । एजेन्सीका साथ
प्रकाशित: २३ असार २०७७, मंगलवार