एप्पलले चिनियाँ एप स्टोरबाट ४ हजार ५ सय गेमिङ्ग एप हटायो

Technology Khabar २३ असार २०७७, मंगलवार

एप्पलले चिनियाँ एप स्टोरबाट ४ हजार ५ सय गेमिङ्ग एप हटायो

काठमाडौं ।

चिनियाँ सरकारले आफ्नो इन्टरनेट नीतिहरू पालन गर्न दबाब दिएसँगै एप्पलले कम्तिमा ४ हजार ५ सय गेम्स चिनियाँ एप स्टोरबाट हटाइसकेको छ।

एक रिपोर्टअनुसार गत हप्ता दुई दिनमै एप्पलले ३ हजार भन्दा बढी गेमिङ्ग एप्स चीनको एप टोरबाट हटाएको छ।

नयाँ नियमहरूले गेम डेभलपर्सलाई चीनको एप्पल एप स्टोरमा अपलोड गर्नु अघि चिनियाँ नियामकर्ताहरूबाट उनीहरूको एप्सको लागि स्वीकृति लिन आदेश दिन्छ।

एप्पल चाइनाका बजार प्रबन्धक टोड कुहन्सले भने, ‘जुलाई १ देखि चिनियाँ सरकारको नयाँ नियमको साथ, हामी हरेक दिन धेरै स्टोर एपहरू हाम्रा स्टोरहरूबाट हटाइरहेका छौं। दुःखको कुरा, चीनले एक बर्षमा केबल १५ सय गेमिङ्ग एप्सलाई मात्र इजाजतपत्र स्वीकृत गर्दछ र यस प्रक्रियालाई छ देखि १२ महिना लाग्छ । जसले गर्दा स्टोरमा एप अपलोड गर्न धेरै समय लिन्छ।’

कम्पनीले १ जुलाईमा १,५७१ वटा गेम्स हटाएको छ भने जुलाई २ मा १,८०५ र जुलाई ३ मा १,२७६ वटा खेल एप्सलाई एप स्टोरहरूबाट हटाएको छ।

नयाँ नियम लागू भएपछि कुल २०,००० भन्दा बढी एपहरू चीनको नयाँ प्रतिबन्धद्वारा प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

सेन्सर टावर डाटाका अनुसार चीन एप्पलको सबैभन्दा ठूलो एप स्टोर बजार हो, चीनमा एप्पलले प्रति वर्ष १६.४ अर्ब डलरको बिक्रीको एप स्टोरबाट गर्दछ भने अमेरिकामा १५.४ अर्ब डलरको बिक्री हुने गर्दछ।

हाल एप्पलले चीनमा करीब ६० हजार गेम्स एप उपलब्ध गराएको छ । प्रयोगकर्ताहरूले ती सबै एपहरू डाउनलोड गर्न तिनीहरूलाई खरीद गर्नुपर्दछ। एजेन्सीका साथ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ असार २०७७, मंगलवार

ताजा समाचार