मोबाइल गेम पबजी मोबाइलले यामाहालाई पार्टनर बनायो, अब खेलमा बाइक स्कीन पाईने

Technology Khabar २२ असार २०७७, सोमबार

मोबाइल गेम पबजी मोबाइलले यामाहालाई पार्टनर बनायो, अब खेलमा बाइक स्कीन पाईने

काठमाडौं ।

मोबाइल ब्याटल रोयल गेम पबजी मोबाइलले धेरै कम्पनीहरूसँग साझेदारी गरीरहेको छ । यहि सिलसिलामा अब यामाहाको नाम पनि यी कम्पनीहरूमा सामेल गरिएको छ।

यामाहा विशेषगरि एक अटोमोबाइल कम्पनीका रूपमा चिनिन्छ र अब पबजी मोबाइलले यामाहाह कम्पनीसँग साझेदारी गरेको छ।

कम्पनीले यस बारेमा ट्वीट गरेर जानकारी दिएको छ।

पबजी मोबाइलको ट्विटर एकाउन्टमा एक पोस्ट साझा गरीएको छ, जसमा एक बाइक देखाईएको छ । यसको मतलब यो हुन सक्छ कि पजबी गेमरहरुले मोटरसाइकलहरूको लागि खेलमा यामाहा बाइकको स्कीन टोन भविश्यमा हेर्न सक्नेछौं।

यी सुविधाहरू पबजी मोबाइल अपडेट ०.१९.० भर्सनमा कम्पनीले दिन सक्ने अनुमान गरिएको छ ।

यसका साथै पबजीको मोबाइल को सिजन १३ अब अन्त्य हुनेछ। साथै, यस खेलको सिजन १४ अब चाँडै सुरु हुनेछ।

पबजी मोबाइल गेम नेपालसहित विश्वव्यापी रूपमा धेरै लोकप्रिय छ। अब यस खेलको १४ औं सिजनको जानकारीहरु लीक भएको छ । यस बाहेक, आगामी सिरिजको ट्रेलर पनि लीक भएको छ । लीक जानकारीअनुसार, रोयल पासलाई आगामी सिजनमा ‘स्पार्क द फ्लेम’ नाम दिइएको छ।

लीकअनुसार यो आउँदो सिजन इजिप्टियन पौराणिक कथाबाट प्रेरित भएको देखिएको छ। भिडियोमा पोस्टर, फ्रेमहरूसँग पाईने रिवार्ड समेत देखाउँदछ । अर्को सीजनमा, खेलाडीहरूका लागि नयाँ स्कीन, कस्ट्यूम, हेडगेयर नयाँ अवतारमा पाउनेछन्। एजेन्सीका साथ

easy care

प्रकाशित: २२ असार २०७७, सोमबार