युबकले पबजी खेल्नका लागि जब बाबुको बैंक खाताबाट १६ लाख रुपैयाँ उडायो…

Technology Khabar २१ असार २०७७, आईतवार

युबकले पबजी खेल्नका लागि जब बाबुको बैंक खाताबाट १६ लाख रुपैयाँ उडायो…

काठमाडौं ।

भारतको पंजाब राज्यमा अनलाइन गेमको लत लागेका एक विद्यार्थीले आफ्नो बुबाको खाताबाट १६ लाख भारु रुपैयाँ उडाईदिएका छन् ।

अनलाइन गेम पबजी खेल्ने लत लागेका उनले गेमको लागि बाबुको एकाउन्टबाट १६ लाख भारु चोरेका हुन् ।

अनलाइन खेल पबजीका क्रेजी गेमर रहेका एक १७ वर्षीय विद्यार्थीले गोप्यरूपमा उसको बुबाको बैंक खाता पुरै खाली गराएका हुन् ।

छोराले त्यस्तो काम गरेपछि बुबाले उनलाई पाठ सिकाउन र पैसाको महत्त्व बुझाउन स्कूटर मर्मत गर्ने पसलमा काम गराउने निर्णय गरेका छन् ।

भारतीय समाचार संस्था द ट्रिबुनसँग कुरा गर्दै ती केटाको बुबाले भने, ‘अब हामी उनलाई घरमा बस्न दिनेछैनौं न त उनलाई अध्ययनको लागि मोबाइल दिइनेछ। अब ऊ एक स्कूटर मर्मत पसलमा काम गरिरहेको छ, ताकि उसले पैसा कमाउन कति गाह्रो छ भनेर थाहा पाओस।’

उनले भने कि त्यो पैसा जुन उसको छोराले पबजी खेलको लागि उडाएको थियो, त्यो रकम उनले आफ्नो स्वास्थ्य हेरचाह र छोराको भविष्यका लागि राखेका थिए। तर अब  के गर्न सकिन्छ भनेर उनी अलमलमा परेका छन् ।

ती युबकले आफ्ना साथीहरूको पबजी खाता अपग्रेड गर्नसमेत बाबुको एकाउन्टको पैसा खर्च गरेको छ। बैंक स्टेटमेन्ट विवरणबाट यी पैसाको खर्चको बारेमा जानकारी प्राप्त भएको थियो।

युबकका बुबाले यो जानकारी पाउँदासम्म उसले १६ लाख भारु खर्च गरेको बतायो।  छोराले उनलाई मोबाइलमा पढिरहेको कुरा सुनाएको थियो तर उसले यसको साटो घण्टौंसम्म पबजी गेम खेलेर बिताउँथ्यो।

ती युवकको बुबाले भने कि उनी घरबाट टाढा काम गर्दछन, जबकि उनको छोरा गाउँमा उसकी आमासँग बस्छन्। युबकले आमाको फोनमार्फत सबै लेनदेन गर्ने गरेको थियो।

सो युबकले पबजी मोबाइल गेम खेल्नको लागि उसकी आमाको स्मार्टफोन प्रयोग गर्ने गरेको थियो। पबजीमा खर्च गरेको रकमको लागि आमाको फोनबाट लेनदेन पूरा भए पछि उसले सबै लेनदेन मेसेजहरु मेटाउने गरेको थियो ।

Global Bank
easy care

प्रकाशित: २१ असार २०७७, आईतवार