ट्विटरले आफ्नो प्लेटफर्मबाट मास्टर, स्लेभ र ब्ल्याकलिस्ट जस्ता कोडिङ्ग शब्दहरू हटाउने

Technology Khabar २० असार २०७७, शनिबार

ट्विटरले आफ्नो प्लेटफर्मबाट मास्टर, स्लेभ र ब्ल्याकलिस्ट जस्ता कोडिङ्ग शब्दहरू हटाउने

काठमाडौं ।

माइक्रोब्लगिंग साइट ट्विटरले भाषालाई सहज बनाउनको लागि यसको प्लेटफर्मबाट ‘मास्टर’, ‘स्लेभ’ र ‘ब्ल्याकलिस्ट’ जस्ता शब्दहरू हटाउने भएको छ। त्यस्ता शब्दहरू दशकौंसम्म प्रोग्रामिग कोडहरूमा प्रयोग हुँदै आएको छ।

यसका साथै अमेरिकी बैंक जेपी मोर्गनले समेत केहि समयअघि अश्वेत अमेरिकी जर्ज फ्लोयडको हत्या भएपछि यस्तै कदम चाल्ने घोषणा गरेको छ ।

यद्यपि विज्ञहरू भन्छन कि यसले यी कोडका टर्म्स बदल्न लाखौं रूपैयाँ र धेरै महिना लिन सक्दछ।

प्रोग्रामिंगको भाषामा, ‘मास्टर’ लाई कोडको मुख्य संस्करण भनिन्छ, जसले स्लेभ र यसको प्रतिकृतिलाई नियन्त्रण गर्दछ । जबकि ‘ब्ल्याकलिस्ट’ ती चीजहरूको लागि प्रयोग हुन्छ जुन स्वचालित रूपमा अस्वीकार गरिन्छ, यो सामान्यतया संवेदनशील वेबसाइटहरूको लागि प्रयोग गरिन्छ।

बिहीबार ट्विटरको ईन्जिनियरिङ्ग डिभिजनले ट्वीट गरेर भाषालाई सहज बनाउनको लागि कदमहरू चाल्ने बताएको छ। यस अन्तर्गत, ह्वाइटलिस्ट(Whitelist) लाई अनुमतिसूची(Allowlist) र मास्टर/स्लेभ(Master/Slave) लाई नेता/अनुयायी(Leader/Follower)मा प्रतिस्थापित गरिनेछ।

‘समावेशी भाषाले वातावरणलाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्छ जहाँ सबैको स्वामित्व हुन्छ। ट्विटरमा, हामीले हाम्रो कोडमा प्रयोग गरिरहेको भाषाले कम्पनीको रूपमा हाम्रा मानहरू प्रतिबिम्बित गर्दैन वा हामीले सेवा गर्ने मानिसहरूलाई प्रतिनिधित्व गर्दैन। हामी त्यसलाई परिवर्तन गर्न चाहन्छौं,’  ट्विटर ईन्जिनियरिङ्ग डिभिजनले भनेको छ ।

जेपी मोर्गनले पनि पुरानो कोडिंग शब्द खारेज गर्ने निर्णय गरिसकेको छ, किनकि ब्ल्याक लाईभ्स म्याटर(#BlackLivesMatter)को आन्दोलन कर्पोरेट जगतबाट फैलन शुरु भएको थियो। कम्पनीले केहि शब्दहरू उनको टेक्नोलोजी नीति र प्रोग्रामिंग कोडमा देखा परेको बताएको छ ।

गत महिना, गिटहब, सफ्टवेयर विकासकर्ताहरूको लागि विश्वको सबैभन्दा ठूलो साइटले आफ्नो कोडिङ्ग भाषाबाट मास्टर शब्द परिवर्तन गर्न काम गरिरहेको भनेर जानकारी दिएको थियो।

माइक्रोसफ्टको स्वामित्व भएको फर्मलाई विश्वभर लाखौं विकासकर्ताहरूले कोडिङ्ग परियोजनाहरू भण्डारण गर्न र अपडेट गर्न प्रयोग गर्दछन्। एजेन्सीका साथ

easy care

प्रकाशित: २० असार २०७७, शनिबार