माइक्रोसफ्ट विन्डोज १० को लागी नयाँ स्टार्ट मेनू, नयाँ फीचरहरुका साथमा व्यवस्थित डिजाइन

Technology Khabar २० असार २०७७, शनिबार

माइक्रोसफ्ट विन्डोज १० को लागी नयाँ स्टार्ट मेनू, नयाँ फीचरहरुका साथमा व्यवस्थित डिजाइन
Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्टले विन्डोज १० को लागी नयाँ स्टार्ट मेनू जारी गरीरहेको छ। नयाँ स्टार्ट मेनू पहिले नै क्लिन रहेको छ र यसको कलर थीमहरुमा परिवर्तन गरिएको छ।

यसमा लाइभ टाइलहरू पनि दिइएको छ भने नयाँ स्टार्ट मेनू लामो अवधिदेखि परीक्षणको क्रममा रहेको छ ।

विन्डोज १० को नयाँ स्टार्ट मेनूको परिवर्तनको बारेमा कुरा गर्दा स्टार्ट मेनुको टाईलहरूसँग अब ब्याकग्राउण्डमा सोलिड कलरको साटो पारदर्शी पृष्ठभूमि र समान रंगसहितको हुनेछ।

माइक्रोसफ्टका अनुसार नयाँ डिजाइन अफिस र माइक्रोसफ्ट एजको फ्यूएन्ट डिजाइनसँग मिल्दोजुल्दो छ।

नयाँ परिवर्तनअनुसार यसमा दिइएका आइकनहरूले डार्क मोड र लाइट मोड सपोर्ट गर्दछन्। प्रयोगकर्तासँग स्टार्ट मेनु कस्टमाइज गर्ने विकल्प हुनेछ र उनीहरूले छनौट गरेको रंग सेट गर्न सक्दछन्।

कलर कस्टमाईजेसन डार्क मोडको साथ काम गर्दछ। यसको लागि सेटिंग्समा जानुहोस् र पर्सनलमा क्लिक गर्नुहोस् र यहाँ तपाइँ कलर सेटिंग्स को विकल्प पाउनुहुनेछ। यसका अतिरिक्त अल्ट (Alt Tab) ट्याब संयोजनको कार्य गर्ने तरीका पनि परिवर्तन भएको छ।

अल्ट ट्याब एक अनुप्रयोगबाट अर्कोमा स्विच गर्न प्रयोग गरीन्छ र मल्टिटास्किंगका लागि यो उत्तम विकल्प हो। नयाँ अपडेट आएपछि अल्ट ट्याब (Alt+ Tab)को संयोजनले माइक्रोसफ्ट एज ट्याबको साथ पनि काम गर्दछ।

यदि तपाईँलाई अल्ट ट्याबको नयाँ फंगसन मन परेन भने तपाई यो नयाँ सुविधालाई पहिले जस्तै परिवर्तन गर्न सक्नुहुनेछ, यसका लागि सेटिंग्समा जानुहोस् र सिस्टममा क्लिक गर्नुहोस् र यहाँबाट तपाई यसलाई मल्टि टास्किंगमा गएर परिवर्तन गर्न सक्नुहुनेछ। एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २० असार २०७७, शनिबार

तपाइको प्रतिक्रिया