सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या

Technology Khabar १८ असार २०७७, बिहीबार

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या

दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २४ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले बताएको समाचार रिपोर्टहरुमा उल्लेख छ।

रातीको समयमा भिडियो लाइभ गरेर आत्महत्या गर्दै गरेको खबर प्रहरीले पाएपछि युवतीको घर पत्ता लगाउन कठिन हुँदा युवतीलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

झन्डै दुई घण्टासम्म आत्म हत्या गर्न थालेको सूचना पाएर लोकशेन ट्र्याक गर्न थालेको प्रहरीले सोधपुछ गदै जाँदा युवतीलाई चिन्ने एक व्यक्तिमार्फत घटनास्थलसम्म पुगेको थियो ।

युवतीले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

आत्महत्या गर्ने युवती विवाहित भएको बताईएको छ । उनको एक छोरा छन् । पछिल्लो समय श्रीमानसँग सम्बन्ध बिग्रिएपछि छोरालाई श्रीमानसँगै छाडेर उनी माइतीमा बस्दै आएको बताईएको छ।

समाचार रिपोर्टहरुकाअनुसार माइतमा बस्दै आएकी उनका आमा बाबु समेत भारतमा रहेकाले आत्म हत्या कारणबारे नजिकमा छिमेकीसँग सोधपुछ गर्ने काम भइरहेको डिएसपी सिंहले बताएका छन् ।

प्रकाशित: १८ असार २०७७, बिहीबार

Comments are closed.

Loading...