Technology Khabar १८ असार २०७७, बिहीबार
चीनको ट्विटर भनेर चिनिने सिना वेइबोले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खाता हटाएको छ। वेइबोले भारतीय दूतावासको अनुरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खाता हटाएको बताएको छ।
पछिल्लो दिनमा दुई देशबीचको सीमा विवादले आपसमा तनाव बढ्दै गएको छ।
सन् २०१५ मा पहिलो पटक चीनको भ्रमणको क्रममा सिना वेइबोमा भारतीय प्रधानमन्त्रीले एकाउन्ट खोलेका थिए । मोदीले चिनियाँ सोशल मिडिया प्लेटफर्मको बिरलै प्रयोगका छन्। खाता बन्द हुनु अघि उनीसँग २,००,००० भन्दा बढी फलोअर्स र १०० पोष्टहरू थिए।
चिनियाँ सामाजिक सञ्जालमा अन्तरक्रिया गर्ने सक्रिय प्रयोगकर्तामध्ये भारतीय अभिनेता अमिर खानसँगै प्रधानमन्त्री मोदी पनि एक थिए। खाता बन्द भएसँगै उनको प्रोफाइल पिक्चर र पोस्ट सबै मेटाइएको छ।
यसअघि भारतले जुन २९ मा चीनका टिकटक, वीच्याट सिनो वेइबोलगायत ५९ वटा एप्सहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
भारतको सम्बन्धित विभागले चिनियाँ एपहरू बन्द गरेर घरेलु अमेजन, फ्लिपकार्टलगायत ई-कमर्श प्लेटफर्मलाई प्रवर्द्धन गर्न सुझाएपछि मोदीको यस्तो निर्णय आएको हो।
वेइबोले चीनस्थित भारतीय दूतावासबाट जुलाई १ तारिखमा मोदीको आधिकारिक खाता बन्द गरिदिन अनुरोध आएको सूचना पाएपछि खाता बन्द गरिदिएको जानकारी दिएको छ। उसले लेखेको छ,‘सम्बन्धित निकायको आधिकारिक अनुरोधबमोजिम गणतन्त्र भारतका प्रधानमन्त्रीको वैपो खाता नम्बर बन्द गरिएको छ।’
वेइबोमा एकाउन्ट खोल्ने मोदी बाहेक विदेशी नेताहरुमा बोरिस जोन्सन, क्यानाडाका जस्टिन ट्रोडो र भेनेजुएलाका निकोलस मादुरो छन्।
प्रकाशित: १८ असार २०७७, बिहीबार