अमेरिकन कम्पनी इनफोकसका फीचर फोन भाइब वान र भाइब थ्री नेपाली बजारमा

Technology Khabar १७ असार २०७७, बुधबार

अमेरिकन कम्पनी इनफोकसका फीचर फोन भाइब वान र भाइब थ्री नेपाली बजारमा

अमेरिकन कम्पनी इनफोकसले नेपाली बजारमा दुई वटा फीचर फोन भाइब वान र भाइब थ्री सार्वजनिक गरेको छ ।

प्रोजेक्सन र डिस्प्ले प्रविधि विकासमा स्थापित कम्पनी इनफोकसले उत्पादन गरेका फीचर फोन नेपाली बजारमा भित्रिएका हुन् ।

कम्पनीअनुसार भर्खरैमात्र बजारमा सार्वजनिक भएका यी फोन अन्य ब्राण्डका फोनको तुलनमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । नेपालको फिचर फोनको बजारमा नयाँ आयाम सिर्जना गर्ने उद्देश्यका साथ यी फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

इनफोकसका फोनहरु क्रातोस टेक्नोलोजी प्रालिले नेपाली बजारमा ल्याएको हो ।

भाइब वानमा २६० मेगाहर्जको प्रोसेसर रहेको छ । ३२ एमबीको र्‍याम रहेको फोनमा ३२ एमबीकै इन्टरनल स्टोरज छ । जसलाई एसडी कार्ड प्रयोग गरी ३२ जीबीसम्म बढाउन सकिन्छ । फोनमा फ्ल्यास सहितको डिजिटल रियर क्यामरासमेत रहेको छ ।

१.८ इञ्चको स्क्रीन रहेको यो फोनमा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ । १००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोनको बजार मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ ।

यसका साथै फोनमा जीपीएस, ब्लुटुथ, वायरलेस एफएम, एलईडी टर्च, प्री–इन्स्टल्ड गेम लगायतका फिचर समेत रहेका छन् ।

त्यस्तै अर्को फोन भाइब थ्रीमा ३२ एमबीको र्‍याम र ३२ एमबीकै इन्टरनल स्टोरज रहेको छ । जसलाई एसडी कार्डमार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ ।

फोनमा जीपीआरएस, फेसबुक, इन्टरनेट ब्राउजीङ, एलईडी टर्च लगायतका फिचर रहेका छन् । फ्ल्यास सहितको ०.३ मेगापिक्सेलको क्यामरा रहेको यो फोनमा २.४ इञ्चको क्यूभीजीए स्क्रीन रहेको छ ।

यसमा पनि दुई वटा सिम प्रयोग गर्न सकिन्छ । १००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोनको मूल्य बजारमा  १ हजार ५ सय रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: १७ असार २०७७, बुधबार

Loading...