Technology Khabar १७ असार २०७७, बुधबार
काठमाडौं ।
अमेरिकामा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले चिनियाँ कम्पनी ह्वावे र जेडटीई कर्पोरेशनलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भनेको छ। एफसीसी दुबै कम्पनीका उपकरणहरु अमेरिकाको संचार क्षेत्रमा प्रयोगमा प्रतिबन्ध लगाएको छ।
‘यी चिनियाँ कम्पनीहरुलाई अमेरिकी बजारबाट बाहिर राख्नको लागि यो कदम चालिएको हो।’ एफसीसीले भनेको छ।
अमेरिकामा धेरै साना कम्पनीहरूले सरकारबाट सब्सिडी लिएपछि यी कम्पनीहरूबाट सस्तो नेटवर्क उपकरणहरू किन्थे तर अब यस प्रतिबन्धसँगै उनीहरू त्यसो गर्न सक्षम हुनेछैनन्। ह्वावे र जेडटीई दुबै कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सैन्य हतियार समूहसँग घनिष्ट सम्बन्ध रहेको एफसीसीले दाबी गरेको छ ।
एफसीसीका अध्यक्ष अजित पाईले ट्विट गर्दै भनेका छन्- ‘अमेरिकी सरकार र एफसीसीले चिनियाँ कम्युनिष्ट पार्टीलाई अमेरिकाको कम्युनिकेशन नेटवर्कका कमजोरीहरूको फाइदा लिन अनुमति दिन सक्दैन।’
उनले ट्विटरमा एक पत्र पनि शेयर गर्दै प्रमाणको आधारमा ब्यूरोले हुवावे र जेडटीईलाई अमेरिकाको संचार नेटवर्क र राष्ट्रिय सुरक्षाको लागि खतरनाक भनेको उल्लेख गरेका छन्।
उनले भने कि एफसीसीको ८.३ अर्ब डलरको वार्षिक युनिभर्सल सेवा कोषको रकम यी आपूर्तिकर्ताहरुबाट उपकरण वा सेवा खरीद गर्न प्रयोग गर्न सकिदैन। यो कोष अनुदानहरूको संकलन हो जसमार्फत अमेरिकी सरकारले टेलिकम सेवामा पहुँच बढावा दिन्छ।
अमेरिकाले यसअघिदेखि ह्वावेका उपकरणहरू चीनको लागि जासुसी गर्न प्रयोग गर्न सकिने आरोप लगाउँदै आएको छ। तर कम्पनीले भने त्यसलाई निराधार भएको दाबी गर्दै आएको छ ।
एफसीसीले करिब तीनदेखि चार दर्जन ग्रामीण कम्पनीहरूले सरकारबाट अनुदान लिन्छन् र ह्वावे वा जेडटिईका उपकरणहरू प्रयोग गर्छन्। उनले भने कि उपकरणहरु सार्न एक फर्मको औसत लागत ४ करोड देखि ४.५ करोड डलरसम्म हुन सक्छ।
यस योजनामा करिब २ अर्ब डलर लागत आउने एफसीसीको अनुमान छ । एजेन्सीका साथ
प्रकाशित: १७ असार २०७७, बुधबार