शाओमी छिट्टै अटोमोबाइल क्षेत्रमा प्रवेश गर्दै, इलेक्ट्रिक गाडी ल्याउन सक्ने

Technology Khabar १७ असार २०७७, बुधबार

शाओमी छिट्टै अटोमोबाइल क्षेत्रमा प्रवेश गर्दै, इलेक्ट्रिक गाडी ल्याउन सक्ने

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी छिट्टै अटोमोबाइल क्षेत्रमा प्रवेश गर्न सक्दछ। कम्पनीले हालसालै आफ्नो सोशल मीडिया एकाउन्टमा टीज़र इमेज जारी गरेको छ।

टिजरमा देखिएको कारको झलक हेर्दा यस्तो अनुमान गरिएको छ कि शाओमीले सुजुकी जिम्नी वा मर्सिडीज जी-वैगनजस्ता बक्सि एसयूभी ल्याउन सक्दछ।

यो टिजर रिलीज पछि तुरून्त हटाइएको थियो। कम्पनीले अटो सेगमेन्ट प्रवेशको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन।

यो पनि अनुमान गरिएको छ कि कम्पनी कार बनाउनको लागि गम्भीर छ। टिजरमा त्यहाँ टेक्स्ट पनि लेखिएको छ – ‘मेक अ कार ? वी आर सिरियस ।’ चाखलाग्दो कुरा के छ भने टिजर रिलीज हुने बित्तिकै साइटबाट हटाइएको थियो।

रिपोर्टका अनुसार, शाओमी धेरै स्थानीय सवारी निर्माताहरुसँग सम्पर्कमा छ र चिनियाँ लोकप्रिय कम्पनी जियाओपेन मोटर्समा पनि लगानी गरिसकेको छ।

कार निर्माताले जियाओपेन पि ७ इलेक्ट्रिक सेडान आपूर्ति गर्न थालेको छ, जुन टेस्ला कारको प्रतिद्वन्द्वीको रूपमा पनि हेरिएको छ।

शाओमी कर्पोरेशन २०१८ मा विश्वकै चौथो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो।

यसका साथै कम्पनीसँग विविध पोर्टफोलियो छ र धेरै अन्य इलेक्ट्रोनिक उपकरणहरू र ग्याजेटहरू जस्तै- शाओमी ट्याब्लेटहरू, कनेक्टेड ब्रेसेलेटहरू, एक्सटर्नल ब्याट्रीहरू, हाइफाइ इयरफोनहरू र हेडसेटहरू, जोइस्टिक, कनेक्टेड घरेलु उपकरण, एक्शन क्यामरा, इलेक्ट्रिक स्कूटर, राउटरहरू र स्मार्ट टिभीहरूको निर्माण र बिक्री गर्दछ। एजेन्सीका साथ

प्रकाशित: १७ असार २०७७, बुधबार

Leave a Reply

Loading...