भारतीय टेलिकम टाइकुन सुनील मित्तलको कम्पनी स्याटेलाइट फर्म वनवेब किन्न ईच्छुक

Technology Khabar १६ असार २०७७, मंगलवार

भारतीय टेलिकम टाइकुन सुनील मित्तलको कम्पनी स्याटेलाइट फर्म वनवेब किन्न ईच्छुक

भारतीय टेलिकम्युनिकेस टाइकुन सुनिल मित्तलले दिवालिया भएको स्याटेलाइट कम्पनी वनवेबका लागि बोलपत्र बुझाएका छन जसका लगानीकर्ताहरूमध्ये सफ्टबैंक ग्रुप कर्पोरेसन समेत रहेका छन्।

मित्तलको भारती इन्टरप्राइजेज लिमिटेड समूहको एउटा टोलीले बेलायती सरकारको सपोर्टमा लन्डन स्थित वनवेबको लागि प्रस्ताव राखेको सो विषयको जानकार स्रोतलाई उदृत गर्दै रिपोर्ट आएको छ ।

बेलायती सरकारले यस कम्पनीको च्याप्टर ११ दिवालिया कार्यवाहीको भागको रूपमा अन्य लगानीकर्ताहरूसँगै वनवेबलाई करीव ५०० मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ । वानवेबले बोलपत्र शुक्रवार गरिएको जानकारी दिएको थियो।

बेलायतको वनवेबलाई समर्थन गर्ने चासोको एक हिस्सा भनेको नयाँ राष्ट्रिय नेभिगेसन प्रणालीको लागि आधार बनाउने हो । किनकी युरोपियन युनियनले जसलाई ग्यालिलियो भनिने ब्लक प्रोजेक्टको सबैभन्दा सबैभन्दा सुरक्षित तत्वहरूबाट बेलायतलाई ब्लकको बाहिर निकालेको मानिन्छ ।

प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनबाट बेलायतलाई बाहिर निकाल्ने प्रयासको लागि सहयोग पुर्‍याउन भारत, चीन र अमेरिकालगायतका देशहरूबाट ताजा विदेशी लगानी आकर्षित गर्न कोशिस गर्दैछन्।

स्याटेलाइट कम्पनी वनवेबले पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट प्रक्षेपण गर्दछ, जुन तिब्रगतिको संचारको लागि प्रयोग गरिनेछ ।

यसले अहिले एलन मस्कको स्पेसएक्स स्टारलिंक प्रोजेक्ट र जेफ बेजोसको अमेजन लिंक प्रोजेक्ट कुइपर, साथै इनमार्स्याट, इन्टेलस्याट एसए र युटेलसेट कम्युनिकेसन्स एसए कम्पनीहरुसँग प्रतिस्पर्धाको सामना गर्नुपरेको छ ।

कम्पनीले सफ्टबैंक, एयरबस एसई र क्वालकम ईन्क लगायत शेयरधनिहरूबाट ३.३ अर्ब डलर ऋण र शेयरको रुपमा उठाएको थियो। तर गएको मार्चमा कम्पनीले आफू टाट पल्टिएको घोषणा गरेको थियो ।

मित्तलको समूहले भारती एयरटेल लिको नियन्त्रण गर्दछ, जून भारतको दोस्रो सबैभन्दा ठूलो वायरलेस अपरेटर हो। यसका साथै मुम्बईमा सूचीबद्ध टावर अपरेटर भारती इन्फ्राटेल लिमिटेडको सबैभन्दा ठूलो शेयरधारक कम्पनी हो । एजेन्सीका साथ

प्रकाशित: १६ असार २०७७, मंगलवार

Leave a Reply

Loading...