दराज र इसेवा बिच सहकार्य, दराजमा इसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने

Technology Khabar १६ असार २०७७, मंगलवार

दराज र इसेवा बिच सहकार्य, दराजमा इसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने

काठमाडौं ।

अनलाइन बजार दराजले अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट इसेवासँग सहकार्य सुरु गरेको छ।

यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन्।

यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउनेछ। यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउने कम्पनीले बताएको छ ।

दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपीमार्फत किनमेल गर्न सक्नुहुनेछ। इसेवा वालेटमार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया ३ दिनभित्र हुने जानकारी दिएको छ ।

‘इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेटको स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं। हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्।

दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १६ असार २०७७, मंगलवार