भिडियो कन्फ्रेन्सिङ एप जूमको सशुल्क सेवा भायानेट मार्फत् किन्न पाईने, विशेष छुट उपलब्ध

Technology Khabar १६ असार २०७७, मंगलवार

भिडियो कन्फ्रेन्सिङ एप जूमको सशुल्क सेवा भायानेट मार्फत् किन्न पाईने, विशेष छुट उपलब्ध
फाइल फोटो । २०७६ मा आयोजना भएको क्यान इन्फोटेकमा राखिएको भायनेट कम्युनिकेशन्स प्रालिको स्टलमा ग्राहकहरु ।

इन्टरनेट सेवा प्रदायक भायानेटले जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर ल्याएको छ।

जूमको भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेट कम्यूनिकेशन प्रा.लि.ले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्दैछ ।

भायानेटका ग्राहकहरुले भायानेटमार्फत् जूमको सदस्यता लिंदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ्ग एप मार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ । त्यसै हुनाले यस एप्को पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु यस प्रकार छन्ः २४सै घण्टा ग्रुप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रिप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ ।

यसको साथै भायानेटले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको जनाएको छ।

प्रकाशित: १६ असार २०७७, मंगलवार

Leave a Reply

Loading...