एनसेलले घरेलु ग्राहकलाई इन्टरनेट सेवा दिने, वायरफ्रीप्लस वाईफाई लिँदा ४२५ मिनेट टकटाइम फ्री

Technology Khabar १६ असार २०७७, मंगलवार

एनसेलले घरेलु ग्राहकलाई इन्टरनेट सेवा दिने, वायरफ्रीप्लस वाईफाई लिँदा ४२५ मिनेट टकटाइम फ्री

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा बिस्तार गर्दै वाईफाई सेवा शुरु गर्न लागेको छ।

कम्पनीले हालै सामाजिक संजालहरुमार्फत आफ्नो वाईफाई सेवा र  डिभाइसको प्रचारलाई तिब्र बनाएको छ ।

एनसेल प्रालिले केहि दिनदेखि आफ्नो वाईफाई सेवा र वाईफाई डिभाइसको जोडतोडका साथ प्रबद्र्धन गरिरहेको छ । कम्पनीले वायरलेस वाईफाई सेवा लन्च गर्ने तयारी गरिरहेको बेलामा आफ्नो नयाँ सेवाबारे ग्राहकहरुलाई जानकारी दिन सामाजिक संजालहरुमा प्रबद्र्धन गरेको हो ।

एनसेलले घरेलु ग्राहकहरुका लागि लक्षित गरेर वाईफाई सेवा ल्याउन लागेको हो ।

कम्पनीले एनसेल वायरफ्रिप्लस वाईफाई सेवाको नाममा इन्टरनेट सेवा शुरु गर्न लागेको देखिन्छ । जसमा अहिले सेवा प्री-बुक गरेमा २ वटा सिममा थप ४२५ मिनेट टक टाइम पनि पाईने उल्लेख छ ।

कम्पनीले ल्याउन लागेको नयाँ सेवामा ताररहित हुनेछ भने वाईफाईको राउटर छुट्टै प्रयोग हुनेछ । एनसेलका अनुसार राउटरलाई जहाँकहिँ बोकेर लान सकिने र प्रयोग गर्न सकिनेछ ।

सो सेवासँगै कम्पनीले बण्डर अफर ल्याएको छ । कम्पनीले सिमका साथमा भ्वाइट मिनेट्स र डिजिटल कन्टेन्टहरु मोबिप्लेक्स, हंगामा म्यूजिक, दामी म्यूजिकलगायतका सेवा दिनेछ ।

त्यसैगरि सेवा अन्तरगत प्रभु टिभी, शेमारु र अन्य सब्सक्रिप्सन समेत पाईने उल्लेख छ ।

उपलब्ध वाईफाई सेवामा गोल्ड, प्लाटिनम र डाइमण्ड गरेर तीन वर्गमा विभाजन गरिएको छ । जसमा गोल्डमा ६० जीबी डाटा, प्लाटिनममा ८५ जीबी डाटा र डाइमण्डमा १०० जीबी डाटा पाईने उल्लेख छ ।

त्यसेगरि क्रमश २०० मिनेट, ५०० मिनेट र १ हजार मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

कम्पनीले सिममा भने क्रमश ५ जीबी, १० जीबी र १० जीबीको डाटा उपलब्ध गराउने छ ।

एनसेलकाअनुसार सो सेवा र डिभाइस भने आउन केहि समय लाग्नेछ । कम्पनीले व्यवसायीक हवाई उडान शुरुभएपछि मात्र उपलब्ध हुने जनाएको छ भने शुल्क अनुमति पाएपछि मात्र लागू हुने उल्लेख गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १६ असार २०७७, मंगलवार