सुबिसुले इन्टरनेटको अवधि सकियो भनेर एसएमएस पठायो ? नआत्तिनुस् इन्टरनेट लाईन काटिँदैन्

Technology Khabar १६ असार २०७७, मंगलवार

सुबिसुले इन्टरनेटको अवधि सकियो भनेर एसएमएस पठायो ? नआत्तिनुस् इन्टरनेट लाईन काटिँदैन्

काठमाडौं ।

के तपाईँलाई सुविसुले इन्टरनेटको लाईन काटिनेछ भनेर नोटिफिकेसन पठाएको छ ? आफूले १ वर्षको सेवा लिएपनि वा रकम तिरेपनि त्यस्तो नोटिफिकेसन आउँदा तपाईलाई चिन्ता भएको हुनसक्दछ; कम्पनीले समस्या दियो वा फेरी रकम असुल्न खोज्यो भनेर ।

तर नआत्तिनुस् सुबिसु केबलनेट प्रालिले आफ्नो सिस्टमबाट सबै ग्राहकहरुलाई सो बारेमा जानकारी मात्र दिएको हो ।

आफ्ना सबै ग्राहकहरुलाई प्रत्येक ६ महिनामा जानकारी पठाउने नीतिअन्तरगत सुबिसु केबलनेटले सबै ग्राहकहरुलाई आफ्नो एफटिटिएच सेवा जुन ३० तारिख अर्थात आजदेखि समयअवधि सकिने चेतावनीसहितको एसएमएस पठाएको छ ।

सो नोटिफिकेसन एसएमएस सबै ग्राहकहरुलाई पठाईएको भएपनि अझै सेवा अवधि भएका ग्राहकहरुको लाइन नकाटिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका एक अधिकारीकाअनुसार सो नोटिफिकेसन सुबिसुका सबै ग्राहकहरुलाई पठाईएको र सेवा अवधि सकिएका ग्राहकहरुलाई पुन नविकरण गर्न सचेत गराईएको मात्र हो ।

‘हामीले सिस्टमबाट सबैलाई एकै पटक ६/६ महिनामा नोटिफिकेसन पठाउने गर्दछौं, सेवा समाप्त भएका ग्राहकहरुले रिन्यू गर्नको लागि जानकारी दिईएको हो । अन्यको इन्टरनेट काटिँदैन्।,’ सुबिसुले जानकारी दिएको छ ।

कम्पनीले इन्टरनेट सेवाको रिन्यू गर्नुपर्ने भएका ग्राहकहरुलाई समयमै रिन्यू गर्न समेत अनुरोध गरेको छ । कम्पनीले ग्राहकहरुको लागि अनलाईनबाट रकम तिर्न सकिने सुबिधा दिएको छ जसमा मोबाइल बैकिङ्ग कार्ड पेमेन्ट मोबाइल वालेटबाट भुक्तानीलगायतका सुबिधा छन् ।

Global Bank
easy care

प्रकाशित: १६ असार २०७७, मंगलवार

ताजा समाचार