भारतमा प्रतिबन्ध लागेको १२ घण्टामा प्ले स्टोर र एप स्टोरबाट टिकटक एप हटाईयो

Technology Khabar १६ असार २०७७, मंगलवार

भारतमा प्रतिबन्ध लागेको १२ घण्टामा प्ले स्टोर र एप स्टोरबाट टिकटक एप हटाईयो

काठमाडौं ।

भारत सरकारले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ती एप्स स्टोरबाट हटाईएको छ । यी मध्ये सबैभन्दा लोकप्रिय एप (अनुप्रयोग) टिकटक हो जसका भारतमा करोडौं प्रयोगकर्ताहरू छन्।

टिकटकका प्रयोगकर्ताहरु विश्वमै सबैभन्दा धेरै भारतमा रहेका छन् ।

यो एप अब गूगल प्ले स्टोर र एप्पल एप स्टोर हटाईएको छ। यसको अर्थ अब एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरूले यसलाई स्टोरबाट डाउनलोड गर्न सक्दैनन्।

आधिकारीक स्टोरबाट हटाएसँगै यस अनुप्रयोगको आधिकारिक अपडेट उपलब्ध नहुन सक्छ।

यद्यपि यो एपलाई प्रयोगकर्ताको स्मार्टफोनबाट ब्लक गरिएको छैन। यो मात्र होईन, धेरै प्रयोगकर्ताहरू अझै पनि यो एप डाउनलोड गर्न सक्षम छन्। यो एप तेस्रो पक्षका वेबसाइटहरू जस्तै एपीकेमीररमा अझै उपलब्ध छ र डाउनलोड पनि भइरहेको छ।

भारत सरकारले प्रतिबन्ध लगाएको १२ घण्टा भित्रै टिकटकलाई गुगल प्ले स्टोर र एप्पल स्टोरबाट हटाइएको छ। टिकटक अनुप्रयोग दुबै प्लेटफार्ममा रातीसम्म उपलब्ध थियो, तर अब सो एप यी स्टोरहरूमा देखिने छैन।

गूगल प्ले स्टोर र एप्पल स्टोरमा टिकटक सर्चपछि धेरै क्लोन गरिएका एप्सका लिंकहरू मात्र आईरहेका छन् ।

प्रतिबन्धपछि टिकटकले हालै एक विज्ञप्ति पनि जारी गरेको छ। केन्द्रीय सरकारले कम्पनीलाई स्पष्टीकरणको लागि बोलाएको जानकारी दिएको छ।

‘टिकटकले गोपनीयता र सुरक्षा सम्बन्धी भारतीय कानूनको पालना गर्नेछ र चिनियाँ सरकारसँग कुनै डाटा साझा गरिएको छैन र भविष्यमा पनि गरिने छैन। टिकटकले १४ भारतीय भाषाहरू, करोडौं प्रयोगकर्ताहरू, कलाकारहरू, शिक्षाविदहरू र परफर्मसनका साथ इन्टरनेटलाई प्रजातान्त्रिक बनायो,’ टिकटकले भन्यो। एजेन्सीका साथ

यो पनि हेर्नुस्-

टिकटक र एमआई कम्युनिटीसहित ५९ वटा चिनियाँ एप्स भारतमा प्रतिबन्धित, हेर्नुस् सूची

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १६ असार २०७७, मंगलवार

ताजा समाचार