सिङ्गापुरमा कोरोनाभाइरस ट्रेसिङ डिभाइस ‘ट्रेसटुगेदर’ प्रयोग, ब्लुटुथमार्फत सबै जानकारी दिने

Technology Khabar १५ असार २०७७, सोमबार

सिङ्गापुरमा कोरोनाभाइरस ट्रेसिङ डिभाइस ‘ट्रेसटुगेदर’ प्रयोग, ब्लुटुथमार्फत सबै जानकारी दिने

काठमाडौं ।

सिङ्गापुरमा सरकारले कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्नका लागि  कन्ट्याक्ट ट्रेसिङका गर्न एउटा विशेष उपकरण बाँड्न थालेको छ ।

ट्रेसटुगेदर नामक सो डिभाइस सरकारले निर्माण गरेको कन्ट्याक्ट ट्रेसिङ मोबाइल एपको विकल्पका रूपमा ल्याईएको हो ।

यो उपकरण मोबाइल फोन प्रयोग नगर्ने वा मोबाइल फोन नराख्ने व्यक्तिहरूलाई लक्षित गरेर ल्याईएको छ । कतिपयले यस डिभाइसबाट गोपनीयता कायम हुने/नहुने भन्ने बारेमा प्रश्न उठाएका छन् ।

यो उपकरण पहिलो चरणमा जोखिममा रहेका र पारिवारिक सहयोग कम पाएका पाउने तथा हिँडडुल गर्न नसक्ने वृद्धवृद्धाहरुलाई बाँडिएको छ । ती प्रत्येक उपकरणका छुट्टाछुट्टै क्यूआर कोड रहेको छ र यसको ब्याट्रि ९ महिनासम्म टिक्ने हुँदा चार्ज गरिरहन आवश्यक नभएको बताइएको छ ।

त्यो उपकरणले ब्लूटूथको माध्यमबाट नजिकै रहेका अन्य यस्तै ट्रेसटुगेदर उपकरण वा ट्रेसटुगेदर मोबाइल एपसँग सम्पर्क राखेर काम गर्छ । कोही संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका रहेछन् भने यो उपकरणको तथ्याङ्कको आधारमा अधिकारीहरूले प्रयोगकर्तालाई अलर्ट गर्ने बताइएको छ ।

कोही कोभिड १९ संक्रमण भए नभएको पुष्टि गर्न सो उपकरणका भएका तथ्याङ्कहरू डाउनलोड गरिनेछ ।

मन्त्रीहरूले यो उपकरणले व्यक्तिको हिँडडुलको गतिबिधि बारेमा तथ्याङ्क नबटुल्ने भएकाले गोपनीयताबारे उठेका प्रश्न उचित नभएको बताएका छन् ।

सिङ्गापुर सरकारले यो उपकरणका तथ्याङ्कहरु इन्क्रिप्ट गरिने र डिभाइसमा २५ दिनसम्म रहने बताएको छ ।

यो उपकरणमा इन्टरनेट वा सेलुलर क्षमता नरहेको हुँदा अधिकारीहरुले यसको डाटाहरुमा अन्य कसैको पहुँच नहुने बताएको छ ।

सिङ्गापुर सरकारकाअनुसार मोबाइल एप ट्रेसटुगेदर मार्च यता २१ लाख व्यक्तिले डाउनलोड गरिसकेको बताएको छ ।

अहिलेको ट्रेसटुगेदर डिभाइस सिङ्गापुरस्थित पीसीआई कम्पनीले निर्माण गरेको हो। सो कम्पनीले यस्तो तीन लाख उपकरण निर्माण गर्नका लागि ४३ लाख अमेरिकी डलरका बोलकबोल हात पारेको थियो । बीबीसीबाट

easy care

प्रकाशित: १५ असार २०७७, सोमबार

ताजा समाचार