तपाईँ पनि आफ्नो बेसारमय फोटो बनाउन चाहनुहुन्छ ? त्यसोभए फोटो ल्याब एप डाउनलोड गर्नुस्

Technology Khabar १४ असार २०७७, आईतवार

तपाईँ पनि आफ्नो बेसारमय फोटो बनाउन चाहनुहुन्छ ? त्यसोभए फोटो ल्याब एप डाउनलोड गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बेसारको महत्व बारेमा बोलेदेखि देश नै बेसारमय भएको छ । जसले गर्दा मानिसहरु अहिले आफ्नो फोटो समेत बेसारको रंग जस्तै बनाएर सामाजिक संजालमा शेयर गरिरहेका छन् ।

त्यहि बेसारमय फोटो बनाईदिने एपको नाम हो फोटो ल्याब (Photo Lab)।

फोटो एडिटिङ्ग एप फोटो ल्याब नेपालमा पछिल्लो दिनमा धेरै ट्रेण्डिङ्गमा रहेको छ। साधारण मानिसहरूदेखि सेलिब्रेटीहरूले समेत यस अनुप्रयोगलाई धेरै प्रयोग गरिरहेका छन्।

तर यो एप लामो समय देखि एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपस्थित छ। यो नेपालमा गत केही दिनदेखि धेरै लोकप्रिय भइरहेको छ।

एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि फोटो सम्पादन एप फोटो ल्याब गूगल प्ले र एप्पल प्रयोगकर्ताहरूका लागि एप स्टोरमा उपलब्ध छ।

रिपोर्टका अनुसार लिनरक इन्भेस्टमेन्ट डेभलपरको गूगल प्लेमा फोटो ल्याब एप १० करोड भन्दा बढी पटक डाउनलोड गरिएको छ। एपले २१ लाख रिभ्यूसहित ४.४ स्टार रेटिंग प्राप्त गरेको छ।

फोटो ल्याब फोटो संपादन एप्लिकेसन हो। यो एप अन्य फोटो सम्पादन एपहरू जस्तै फिल्टर र सम्पादन टूल्सका साथ सुसज्जित छ।

यसमा ९०० भन्दा बढी फिल्टरहरू छन्, तर यसको कार्टुन लुक फिल्टर सबैभन्दा लोकप्रिय भइरहेको छ। यसमा रहेका धेरै फिल्टरहरू र ओभरलेजमार्फत फोटोहरूलाई आकर्षक लुक दिन सकिन्छ।

यो एप चलाउने दुई कम्पनीहरू भिक्मान र लिनरक इन्भेस्टमेन्ट हुन्। यी ‘फो डट टो'(Pho.to) वेबसाइटको रूपमा परिचित छन्। कम्पनीको दावीका अनुसार उनीहरुसँग यस क्षेत्रको १० बर्षको अनुभव छ। यद्यपि यस वेबसाइटको प्रामाणिकता प्रमाणित गर्न सकिएन।

तर यो अनुप्रयोगले प्रयोगकर्ताहरूसँग फोटोमा पहुँच प्राप्त गर्न अनुमति माग्छ, त्यसपछि यसलाई कम्पनीको सर्भरमा प्रशोधन गरिन्छ ।

तपाईँपनि यो एप एन्ड्रोयड फोनमा डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

एप्पलको आईफोनमा यो एप डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

स्टोरमा यसबाहेक अन्य धेरै एपहरु छन जसले तपाईँको फोटोलाई चाहे जस्तो बनाईदिन्छ ।

प्रकाशित: १४ असार २०७७, आईतवार

Leave a Reply

Loading...