माइक्रोसफ्टले आफ्नो सबै खुद्रा बिक्री केन्द्रहरु बन्द गर्ने, अब डिजिटल रिटेल स्टोरमा केन्द्रित

Technology Khabar १३ असार २०७७, शनिबार

माइक्रोसफ्टले आफ्नो सबै खुद्रा बिक्री केन्द्रहरु बन्द गर्ने, अब डिजिटल रिटेल स्टोरमा केन्द्रित

माइक्रोसफ्टले आफ्नो भौतिक खुद्रा बिक्री केन्द्र बन्द गर्दैछ, र यसको सट्टा कम्पनीले डिजिटल बिक्रीमा यसको प्रयासहरू केन्द्रित गर्नेछ। माइक्रोसफ्ट स्टोरका कर्पोरेट उपाध्यक्ष डेभिड पोर्टरले जून २६ मा सो बारेमा लिंक्डइनमा एक ब्लग पोष्टमार्फत यो घोषणा गरे ।

माइक्रोसफ्टले निरन्तर खुद्रा विक्रेतालाई रोजगार दिनेछ तर उनीहरू बिक्री, प्रशिक्षण र उपभोक्ता, साना व्यवसाय र उद्यम ग्राहकहरूको सपोर्टका लागि केन्द्रित हुनेछन्, पोर्टरले भने।

माइक्रोसफ्टले पहिले नै आफ्नो खुद्रा सेल्सपर्सनलाई रिमोट वर्कमा तैनाथ गरिरहेको थियो । कोरोनाभाइरस महामारीको परिणामस्वरूप भौतिक स्टोर बन्दको समयमा उनीहरुलाई रिमोट वर्कको लागि प्रशिक्षण गराईरहेको थियो।

जे भएतापनि माइक्रोसफ्टले लन्डन, न्यूयोर्क, सिड्नी र रेडमन्डमा आफ्नो प्रमुख स्टोरहरू बन्द गर्न गइरहेको छैन।

पोर्टरले भने कि कम्पनीले कम्पनीले ती स्थानहरुलाई नयाँ ठाउँका रुपमा ‘पुन कल्पना’ गर्नेछ, जसले भविश्यमा अनुभव केन्द्रको रूपमा बढी काम गर्दछ। तर ग्राहकले कसरी यी केन्द्रहरू भ्रमण गर्न सक्नेछन् भन्ने बारेमा उनले थप जानकारी प्रदान गरेनन्।

माइक्रोसफ्टले सुरुवातमा सन् २००९ फेब्रुअरीमा माईक्रोसफ्ट-ब्रांडेड रिटेल स्टोरहरू खोल्ने योजना बनाएको थियो। यी स्टोरहरू प्रायः जसो सम्भव भएसम्म एप्पल रिटेल स्टोरहरूको नजिक भौतिकरूपमा राखिने माइक्रोसफ्टको रणनीति थियो ।

माइक्रोसफ्टको भौतिक स्टोरहरूले प्रयोगकर्ताहरूलाई विन्डोज पीसीहरू, विन्डोज फोनहरू (माइक्रोसफ्टले त्यसलाई बन्द नगरे सम्म), एक्सबक्स कन्सोलहरू, र विभिन्न थर्ड पार्टी पीसीहरू र फोनहरू (केही एन्ड्रोइड फोनहरू सहित) हेर्न तथा अनुभव गर्न स्थान उपलब्ध गराएका थिए । एजेन्सीका साथ

प्रकाशित: १३ असार २०७७, शनिबार

Leave a Reply

Loading...