सामसङ ग्यालेक्सी एम ११ उत्कृष्ट इन्फिनिटि-ओ डिस्प्ले र ५,००० एमएएच ब्याट्रिसहित बजारमा

Technology Khabar १३ असार २०७७, शनिबार

सामसङ ग्यालेक्सी एम ११ उत्कृष्ट इन्फिनिटि-ओ डिस्प्ले र ५,००० एमएएच ब्याट्रिसहित बजारमा

काठमाडौं ।

नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो स्मार्टफोनमा सामसङको विश्वासका साथ आकर्षक मूल्यमा उपलब्ध गरिएको छ ।

नयाँ ग्यालेक्सी एम११ मा इन्फिनिटि ओ डिस्प्ले रहेको छ, जसले गर्दा यस समूहमा पर्ने स्मार्टफोनहरु मध्ये सामसङको ग्यालेक्सी एम११ अद्वितीय कार्यक्षमतायुक्त बन्न पुगेको छ ।

“ग्यालेक्सी एम११ प्रस्तुत गरेसँगै हामी फोनप्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं । सदैब नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ,” सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्लेको साथ ५००० एमएएचको ब्याट्रि रहेको छ । यसमा रहेको ब्याट्रिले बारम्बार चार्ज नगरी विना रुकावट दिनभर मोबाइल चलाउने स्वतन्त्रता प्रदान गर्दछ । चाँडै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ ।

यस फोनको स्टोरेज क्षमता माइक्रो एस डि कार्डको माध्यमबाट ५१२ जिवीसम्म सहजै बढाउन पनि सकिन्छ ।

ग्यालेक्सी एम११ को ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगापिक्सेलको मेन क्यामरा, ५ मेगा पिक्सेलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ । साथै यसमा २ मेगा पिक्सेलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ । ग्यालेक्सी एम११ मा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ, जसले ब्राइट एवं चुस्त सेल्फीहरु लिन सकिन्छ ।

ग्यालेक्सी एम११ मा डल्बी एटमोस प्रविधिको समायोजन गरिएको छ । यस प्रविधिले प्रयोगकर्ताहरुलाई सराउन्डेड साउन्डको जीवन्त अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी एम११ स्मार्टफोन नेपालभर रहेका सामसङका ब्राण्ड स्टोरहरुबाट उपलब्ध भइरहेको छ ।

मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरुमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १३ असार २०७७, शनिबार

ताजा समाचार