गूगलले उच्च गुणस्तरका अनुसन्धानमुलक समाचारलाई रकम भुक्तानी गर्ने

Technology Khabar १२ असार २०७७, शुक्रबार

गूगलले उच्च गुणस्तरका अनुसन्धानमुलक समाचारलाई रकम भुक्तानी गर्ने
Global IME Bank

काठमाडौं ।

टेक कम्पनी गूगलले अब छानिएका उच्च स्तरका समाचार स्टोरीहरुलाई रकम भुक्तानी गर्ने भएको छ । वर्षौंदेखि प्रकाशकहरुले दिँदै आएको दबाबपछि गूगलले हालै केहि समाचार आउटलेटका लागि रकम दिने घोषणा गरेको हो ।

यो अभियानअन्तरगत गूगलले आफ्नो प्रयोगकर्ताहरुको लागि समाचारमा पहुँच पुर्याउनका लागि रकम तिर्नेछ अन्यथा निश्चित वेबसाइटहरुमा राखिएको पेवाल भनिने लक सिस्टम हुने बताईएको छ ।

यो नयाँ अभियान यो वर्षको अन्त्यमा अष्ट्रेलिया, ब्राजिल र जर्मनीबाट शुरु हुनेछ ।

यो टेक फर्महरुले समाचार सामाग्रीहरु कसरी भुक्तान नगरि प्रयोग गर्दछन भन्ने अनुसन्धान गर्ने अधिकारीहरुको रुपमा केहि देशहरुमा आउनेछ ।

अष्ट्रेलियाले समाचार प्रकाशकहरुलाई प्रतिस्पर्धा नियमअन्तरगत गूगल र फेसबुकलाई रकम भुक्तान गर्न दबाब दिने योजना अगाडि बढाएको छ ।

फ्रान्सले यसअघि नै गूगललाई एक निर्देशनका साथ गर्न भनिसकेको छ ।

लामो समयदेखि समाचार प्रकाशकहरु र टेक जायन्टहरुका बिचमा भएको विवादको नयाँ विकास हो यो । जसमा टेक कम्पनीहरुले सर्च रिजल्ट वा सोशल मिडियामा समाचार लेखहरुको स्यापसट राख्न रकम तिर्नेछन् ।

गूगलले यो समस्यालाई समाधान गर्न ‘लाइसेन्सिङ्ग प्रोग्राम’को रुपममा शुरु गरिसकेको छ जहाँ दैनिक आउने समाचारहरु भन्दा अनुसन्धानमुलक समाचारहरुलाई केन्द्रित गर्नेछ ।

हालै गूगलले ब्लगमार्फत उच्च गुणस्तरका कन्टेन्टहरुको लागि प्रकाशकहरुलाई रकम तिर्ने बताएको छ ।

गूगलले सब्सक्रिप्सन समाचार वेबसाइटहरुबाट केहि आर्टिकलहरु बनाउने छ र त्यसलाई निशुल्क यूजर्सका लागि उपलब्ध गराउनेछ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १२ असार २०७७, शुक्रबार